आज साँझसम्म स्वदेश फर्कन ३०० जनाले भरे विवरण
नेपालबहस संवाददाता
भदौ ३, २०७८ शुक्रबार ३:५८:१५
३ भदौ, काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीमध्ये हालसम्म कूल ३०० जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा आज साँझसम्म उक्त सङ्ख्याका नेपालीले आफ्नो विवरण टिपाएका हुन् ।
यसैगरी परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको ‘सिच्युसन रुम’ मा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा आज साँझ ५ बजेसम्म ४२ जना नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् ।
त्यसमा कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको छ भने कतिपयको एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको छ । कतिपयको उद्धार भई सुरक्षित गन्तव्यमा पुगिसकेकाले रुजु गरी बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज जजिरा एयरको कुबेत काठमाडौं उडानबाट थप आठ जनासमेत गरी २९६ जना नेपाली अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन् । नेपाल आइपुगेका नागरिकको अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीसम्बन्धी सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने
चैत ५, २०८० सोमबार
मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्न
फागुन २१, २०८० सोमबार
सुस्मिताको उपचारका लागि स्वीट्जरल्याण्डबाट सहयोग
फागुन १०, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार