सिम्रिक बचत तथा ऋण सहकारीद्धारा शेयर सदस्यहरुलाई राहत तथा सुविधा प्रदान
नेपालबहस संवाददाता
भदौ ४, २०७८ शुक्रबार २२:५८:३७
४ भदौ, ‘विर्तामोड’ झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. सदस्यमुखी बन्दै गएको छ । पछिल्लो समय सिम्रिक सहकारी निरन्तर सदस्यहरुको सेवामा समर्पित हुँदै सदस्यमुखी बन्दै गएको हो ।
सिम्रिक सहकारीकाे सेवा केन्द्र विर्तामोडले कोभिड–१९ को विषम परिस्थितिमा समेत आफ्ना शेयर सदस्यहरुलाई सदस्य सेवा अन्तर्गतको राहत सुविधा प्रदान गरेको छ ।
केन्द्रीय कार्यालय विर्तामोड–४, झापा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले झापा, इलाम र मोरङ्ग जिल्लामा गरेर हालसम्म ३३ वटा सेवा केन्द्रहरु संचालनमा ल्याईसकेको र सबै सेवा केन्द्रहरुबाट सदस्यहरुलाई बचत तथा ऋणको सेवा सँग–सँगै निरन्तर रुपमा आफ्ना शेयर सदस्यहरुलाई विभिन्न प्रकारको राहतका प्याकेजहरु समेत प्रदान गर्दै आएको कुरा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले बताए ।
निरन्तर सदस्यहरुको सेवामा समर्पित सिम्रिक साकोसले आफ्ना शेयर सदस्यहरुलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै तालिम विभाग प्रमुख विजय बस्नेतले सहकारी भनेकै सामुहिक सेवाभावको एक नमुनाको रुपमा रहनु पर्ने बताएका छन् । आफ्ना शेयर सदस्यहरुलाई समस्या पर्दा आवश्यक सहयोग गर्न सके सहकारीप्रति जनताको भावना अझै सकारात्मक हुने कुरामा सिम्रिक साकोस सचेत रहेको मानव संसाधन विकास प्रमूख मीन बहादुर अधिकारीले नेपालबहस डटकमसँगको कुराकानीमा बताएका हुन ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. केन्द्रीय कार्यालय बिर्तामोडका अनुसार सिम्रिक साकोस, सेवाकेन्द्र विर्तामोड प्रमुख निर्मला ढुंगाना र विर्तामोड सेवा केन्द्र कर्मचारीहरुको उपस्थितिमा २६ जना शेयर सदस्यहरुलाई अप्रेशन/उपचारखर्च तथा औषधी खर्च र विभिन्न भैपरी वापत जम्मा रु. २,०६,८७२।– (अक्षरेपी दुई लाख छ हजार आठ सय बहत्तर रुपैया मात्र ) वितरण गरिएको छ भने उपस्थित हुन नसक्ने शेयर सदस्यहरुको राहत वापतको रकमलाई कर्मचारीहरुमार्फत सदस्यको घर–दैलो मै उपस्थित भई प्रदान गर्ने कुरा विर्तामोड सेवा केन्द्र प्रमुख निर्मला ढुंगानाले बताईन ।
छोटो समयमै झापा, मोरंग र ईलामका बिभिन्न क्षेत्रमा ३३ भन्दा बढी शाखा बिस्तार गरी आफ्ना शेयर सदस्यहरुलाई केन्द्रमा राखेर आफ्ना आर्थिक तथा सामाजिक बिकासका गतिबिधिहरु सञ्चालन गरिरहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाप्रति सदस्यहरुको सहभागिता निरन्तर रुपमा बढिरहेको र शेयर सदस्यहरुको बृद्धिसँगै सिम्रिक साकोसले बिभिन्न सदस्य केन्द्रित राहतका कार्यक्रमहरु बनाई रहेको कार्यकारी प्रमूख बस्नेतले नेपालबहस डटकमलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएउटाबाट प्रहरीले सफाई दिएका गुरुङ अर्को सहकारी ठगीमा समातिए
बैशाख ५, २०८१ बुधबार
रास्वपाका नेता जोडिएको हाम्रो नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध पनि मुद्दा नचल्ने
बैशाख ५, २०८१ बुधबार
एक रुपैयाँ बचतले आठ करोडको पुँजी संकलन
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार