११ आश्विन २०७८, सोमबार

साहित्यकार सुमन घिमिरेको दुई काव्य लोकार्पण

प्रकाशित मिति :  ६ भाद्र २०७८, आईतवार ०७:५७


६ भदौ, चितवन । साहित्यकार सुमन घिमिरेका दुई वटा काव्य एकैपटक लोकार्पण गरिएको छ ।

पर्यटन व्यवसायीसमेत रहेका घिमिरेका नेपाली भाषाको कविता सङ्ग्रह ‘सुनको टप’ र अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह ‘साइक्लोन अफ फायर’ लोकार्पण गरिएको हो ।

प्रकाशक गोर्खा पब्लिकेसन्स प्रालिको आयोजना र कविडाँडा साहित्य समाज चितवनको संयोजनमा भएको कार्यक्रममा साहित्यकार प्रतिक ढकालले दुवै कृति एकसाथ लोकार्पण गरे । सो अवसरमा कवि भुपिन र चेतराज रेग्मीले कविताको समीक्षा गर‍ेको थियो । कविताको समीक्षा गर्दै कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकार एलबी क्षेत्रीले मुलुकको वास्तविकता कवितामार्फत चित्रण भएको बताए ।

कवि घिमिरेको विसं २०६८ मा पहिलो कविता सङ्ग्रह ‘मेरो बैंसको क्यालेण्डर’ सार्वजनिक भएको थियो । यी १० वर्षको बीचमा लेखिएका कवितालाई यस सङ्ग्रहमा स्थान दिएको कवि घिमिरेले बताए । घिमिरे क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष समेत हुन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा