रक्सी : अन्य धर्मसहित हिन्दू धर्मशास्त्र र इतिहास
चन्द्रमणि गौतम
भदौ ८, २०७८ मंगलबार १३:१५:२४
७ भदाै, काठमाडाैं । ‘पिउनलाई जन्मेको’ वा ‘मर्नलाई पिएको’ भन्ने अर्थ लाग्ने सरहको आदत भएका कसैले प्रस्तुत सामग्री कृपया नपढ्नु उत्तम होला । हाम्रो लोकोक्ति नै छ, “बौलाहा झारको धुँवा (गाँजा) खाने, कुहाएको अन्नको झोल (रक्सी) खाने, कीराका हड्डी मुठ्याएर भाग्य खोज्ने (जुवाडे) को बोलीमा भर हुँदैन ।”
यहाँ प्रस्तुत रक्सीको बयान जँड्याहावाजीलाई प्रोत्साहन दिनको लागि होइन, मद्यपानका सौखिनहरूले स्वास्थ्य, परिवार, आर्थिक हैसियत, कामको लय, नैतिकता र सामाजिक अनुशासन पालन गरेर भाईचारा बढाउन लिप्त नभएर कहिलेकहीं पिउने (Social drinker) हरूसँग जानकारी र संवाद तथा सामान्य ज्ञानका पारखीको प्रयोजनमा लेखिएको हो ।
इशापूर्वदेखि नै परिवार प्रथाको प्रारम्भ र खानाको परख र प्रयोग गर्नथाले सँगसँगै मानिसले रक्सीको चलन गरेको र सम्पत्ति, सुरा र सुन्दरीको चेतना एकसाथ बढेको पाईन्छ । ई.पू. ७००० वर्षदेखि सेवनमा आएको दावी गरेका पश्चिमाहरूले अंगुरबाट बनाईने वाईनलाई सबैभन्दा पुरानो पेय मानेका छन् । नेपालमा ऐंसेलु, सिस्नु आदिजस्ता वनस्पति र फलबाट पनि वाईन बनाउन थालेका छन् ।
ऋग्वेदको नौवौं मण्डलमा ११३ वटा सूक्त सोमरसको बारेमा लेखेको पाईन्छ । तर आजको रक्सी सोमरस होइन, गलत अर्थ लगाईंदैछ । एक मन्त्रमा सोम भनेको बलबद्र्धक तथा साहस बद्र्धक एक वनस्पति वा लहरालाई बुझाएको पाईन्छ, “बर्हिः प्रत्वीनमोजसा, पवमानः स्तृणान् हरिः देवेषु देव ईयते (सूक्त ९–५–४) ।”
सातौं शताब्दीमा प्राचीन आयुर्वेदका कविराज तथा ‘अष्टाङ्ग संग्रह’ र ‘अष्टाङ्गहृदय संहिता’ का लेखक वाग्भट आफैंले बनाएको रम, वाईन र आँपको रस मिलाएर पिउने गर्थे भन्ने विवरण पनि पाईयो । संस्कृतका कतिपय विवरणमा उखुको रसलाई अल्कोहलाईजेसनको प्रक्रियामा अमिल्याएर ‘शिधु’ बनाउँथे भनिएको छ ।
चीनमा छिङ् राजवंशकै पाला (१६४४) देखि उत्पादन हुँदै आएको भनिने विश्वमै चर्चित ‘माओताई’ वा ‘मौताई’ रक्सी आज आएर २००७ मा ६ हजार आठसय टन बिक्री भएछ । २०१५ मा यसले विश्वको सबभन्दा उत्कृष्ट मदिराको रुपमा स्वर्ण पदक पाएपछि दुुनियाभरिको ध्यानाकर्षण हुनथालेको देखिन्छ ।
दैत्यहरूका गुरू शुक्राचार्यले मदिराबारे दिएको नैतिक शिक्षा–
प्रतिभां बुद्धिवैशद्यं धैर्य चित्तविनिश्चयम्,
तनोति मात्रया पीतं, मद्यमन्यद् विनाशकृत।।
अर्थ : थोरैमात्रामा मदिरापान गर्नाले प्रतिभा र बुद्धिको विकास हुने तथा धैर्य र चित्त शान्त हुने, तर अनियन्त्रित रुपमा अत्यधिक मदिरापान गर्नाले बौद्धिक ह्रासका साथै विभिन्न विनाश निम्त्याउँछ ।
चीनमा मङ्गोल वंशको विशाल साम्राज्य संस्थापक र प्रख्यात लडाकू चङ्गेज खाँ (११६२–१२२७) रमाईला कुरा गर्ने र चेतना दिने काम पनि गर्दथे । जस्तै– “कसैलाई रक्सी पिउनु नै छ भने महिनाको तीपटक पिओस्, त्योभन्दा बढी खराब हुन्छ । महिनामा दुईपटक पिउँदा अझ राम्रो । महिनाको एकपटकमात्र पिउनु त झनै राम्रो । कोही रक्सी नै पिउँदैन भने त्यो सबभन्दा उत्तम (बानी) हो” (If one must drink, then let one drink thrice a month, for more is bad. If one gets drunk twice a month, it is better; if one gets drunk once a month, that is better still; and if one doesn’t drink at all, that is the best of all.)।
पीत्वा पीत्वा पुनः पीत्वा, यावत् पतति भूतले ।
उत्थाय च पुनः पीत्वा, पुनर्जन्म न विद्यते ।।
अर्थात, पिऊ–पिऊ बारम्बार पिऊ जबसम्म जमिनमा पछारिंदैनौ । जो उठेर फेरि पिउन थाल्छ, त्यसको पुनर्जन्म हुँदैन, भन्दै ‘तन्त्रराज तन्त्र’ मा भूमितत्वको मूलाधारमा अवस्थित कुण्डलिनीको सहस्रारमा उठेर परमशिवसँग विचरण गर्ने कुराको वर्णन पनि पाईयो है !
२०१८ को तथ्याङ्कअनुसार बेलायतको स्कटल्याण्डमा मात्र १३३ वटा डिस्टिलरी कम्पनीहरू छन्, ती सबैले ‘स्कच ह्विस्की’ उत्पादन गर्छन् ।
रसियामा गहुँ, मकै, आलु, र आजकालको प्रोसेसिङ्मा केही फलफूल मिसाएर बनाईएको, रुसी भाषामा पानीलाई ‘भादा’ भनिने ‘अलिकति पानी’ (भोद्का) मिसाएर बनाईने प्रविधिको कारण रुसीहरूको नामुद उत्पादन ‘भोड्का’ संसारभरि चर्चित छ । इतिहास हेर्दा भोड्काको उत्पादन १४०५ (छःसय वर्षअघि) देखि भएको देखिन्छ । पास्ता, समुद्री खाना (sea food) आदि कतिपय खाना पकाउँदा भोड्का पनि हालेर चर्चित खाना बनाउने गर्छन् कतिपय सेफहरू ।
जीन, जुनीपर बेरीबाट बनाईने भएकोले यो नाम रहन गएको र सर्वप्रथम १३ औं शताब्दीतिर औषधीय प्रयोजन (हामीकहाँ मृतसञ्जीवनी सूराजस्तै) का लागि इटलीका उपचारकहरूले बनाए । कालान्तरमा युरोपेली मुलुकमा यो पेय पदार्थका रुपमा लोकप्रिय भयो र ब्यापारिक प्रयोजनमा गएको हो । लन्डन जीन बनाउने सामग्री चाहिँ फरक छन् ।
अमेरिका र क्यारेबियन मुलुकहरूले मकै, उखु जस्ता सामग्रीबाट रम बनाए । जो पछि भारत र फिलिपिन्स जस्ता मुलुक पनि यसका चर्चित उत्पादक बन्न पुगे । अमेरिकामा रमको उत्पादन मकैको अत्यधिक उत्पादनलाई ढुवानी र बजारको समस्या भएपछि रमको रुपमा उत्पादन गरेर बिक्री गर्ने गरिएको देखिन्छ ।
ब्राण्डी, १५ औं शताब्दीदेखि उत्पादन र सेवनमा आएको मानिने, रातीको खाना (डिनर) पछि हल्कारुपमा पिइने, सुत्केरी, सर्दी लागेका बिमारीलाई पनि सेवन गर्न दिइने पेय हो । फ्रान्सको ‘कोन्याक’ र ‘अरमान्याक’ आदि नामुद ब्रान्डी मानिन्छ । अप्रशोधित वाईनलाई प्रोसेस गरेर ब्रान्डी बनाउँछन् ।
ई.पू. ७००० वर्षदेखि सेवनमा आएको दावी गरेका पश्चिमाहरूले अंगुरबाट बनाईने वाईनलाई सबभन्दा पुरानो पेय मानेका छन् । नेपालमा ऐंसेलु, सिस्नु आदिजस्ता वनस्पति र फलबाट पनि वाईन बनाउन थालेका छन् ।
नेपालमा अधिक प्रचलित केही स्कच ह्विस्की-
टिचर्स् :
तीनसय वर्षअघि हातैले उत्पादन गर्ने स्कच ह्विस्कीको इतिहासमा रक्सीका पारखीले सजिलै चिन्ने र भट्टीवालाई बेच्न सहज होस् भनेर वरिपरिकै घटना, परिस्थिति र चिजहरूबाट नामकरण गरियो । जस्तै स्कूल शिक्षकहरूले खाने गरेको टिचसर्् भयो । संयोगवश, यसका संस्थापकको नाम पनि विलियम टिचर नै भएकोले त्यही नामबाट नेपालमा जानिन्छ । जो सन् १८८४ मा ‘टिचर्स् हाईल्याण्ड क्रिम’ नामले डिस्टिलरी नै सुरू भयो ।
भ्याट ६९ (VAT 69) :
१८८२ मा विलियम स्यान्डर्सन्ले वाईन बनाउने शिक्षापछि प्राक्टिकल अनुभव लिने सिलसिलामा एकसय काठेपुङ्भरि अन्नको ह्विस्की बनाए र स्वाद जाँचकीको एउटा टिमलाई ६९ वटा पुङ् (कास्क अथवा भ्याट) को रक्सी जँचाए । त्यसैबाट यसको नाम, ६९ वटा पुङ् जाँचेकोबाट नामकरण भयो VAT 69 । १८८४ देखि डिस्टिलरीको स्केलमा उत्पादन थाल्दा यसको बोतल जुन आकारको थियो (घाँटी फुलेको) अहिले पनि अपरिवर्तित रुपमा हुबहु छ ।
जोह्नी वाकरका ७ थरी
सन् १८२० मा स्थापित जोह्नी वाकर (स्कच ह्विस्की) कं. ले ‘वाकर्स् ओल्ड हाईल्याण्ड ह्विस्की’ को नामबाट उत्पादन गर्ने गरेको रक्सीले संसार पिटेपछि सन् १९०९ मा यसका पारखीहरूलाई मापसेको कारण जिब्रो लटपटिएको बेला उच्चारण गर्न सजिलो होस् भनेर ‘ब्लाक लेबल’ भनी पुनः न्वारान गरिदियो ।
कारण के परेछ भने पिउँदै गएपछि जुन रक्सी मगाएको हो, भट्टीवालाले त्योभन्दा अर्कै रक्सी दिने गरेर दिग्दार भएपछि ‘एक्स्ट्रा स्पेशल ओल्ड हाईल्याण्ड ह्विस्की’को नाम ‘रेड लेबल’ भयो । २०११ मा ‘डबल ब्लाक लेबल’ निकाल्यो । १५ किसिमका ह्विस्कीको स्वादलाई मिश्रण गरेर उत्पादित ‘गोल्ड लेबल’ २०१४ अघिसम्म ड्युटी फ्री सपमा मात्र बेचिन्थ्यो, त्यसपछि चैं खुला बजारमा पनि आयो । २०१३ देखि जोह्नी वाकरले प्लेटिनम लेभल उत्पादन गर्न थाल्यो । जोह्नी वाकरको सबभन्दा दामी ह्विस्की भनेको ब्लु लेवल हो, जो १० हजारवटा काठे–पुङ (कास्क) मध्ये एउटाबाट मात्र ब्लु लेबल रक्सी बनाउन सकिन्छ रे !
सिवास रेगल (Chivas Regal) :
१४ वटा छोराछोरी मध्येका जेम्स र जोहन सिवास नामका दाजुभाईले अनेक हण्डर खाएर अनेक पेशा गर्दै आखिर डिस्टिलरी कम्पनी ‘शिवास ब्रदर्स्’ १७८६ मा स्थापना गरेपछि १८०१ बाट बजारमा आएको यो सबभन्दा पुरानो स्कच ह्विस्कीमध्येमा पर्छ जसले आजसम्म लगातार उत्पादन गरिरहेको छ । यसका १२ वर्ष पुरानो, १८ वर्ष पुरानो र २५ वर्ष पुरानो, ३ थरिका ह्विस्की उत्पादन हुन्छन् । २०१६ मा यो ह्विस्की संसारको चौथो सबभन्दा बढी (नौ लिटरका बक्साबन्दीका करिब ५० लाख) बिक्री भएको सूचीमा देखिन्छ । यसले २१ तोपको सलामी (21gun salute) अर्थ दिने नाम ‘रोयल स्यालुट’ पनि उत्पादन गर्छ ।
चन्द्रमणि गौतम
वरिष्ठ पत्रकार चन्द्रमणि गौतम बिगत चार दशकदेखि नेपाली पत्रकारिता जगतमा क्रियाशील छन् । पत्रकारिताका साथसाथै अनुसन्धान, अनुसन्धानदाता र बौद्धिक व्यवसायमा पनि उनको निरन्तर सक्रियता छ । विभिन्न मन्त्रालयमा करिब आधा दर्जन मन्त्रीहरुको सल्लाहकारको रुपमा पनि उनले काम गरिसकेका छन् ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
गौर हत्याकाण्डविरुद्ध १७ वर्षपछि सर्वोच्च अदालतले दियो कारण देखाउ आदेश
बैशाख १२, २०८१ बुधबार