११ आश्विन २०७८, सोमबार

टिकटक भिडियो बनाउँदा नौ तलाबाट खसिन् युवती

प्रकाशित मिति :  ८ भाद्र २०७८, मंगलवार १४:०८


८ भदौ इस्तानबुल ‘एजेन्सी’ । टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती बिभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् ।

कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा खसेकी उनको घटनास्थलमै मृत्यु भएको थियो ।

अर्पाटमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्बिरका लागि पोज दिँदा उनी खसेकी थिइन् ।

पछिल्ला समयमा टिकटकमा भ्युज र लाइक बढाउन विभिन्न खतरनाक पोजमा तस्बिर र भिडियो खिच्ने होड प्रायः टिकटकप्रेमीमा देखिन्छ । अनौठो दृश्यलाई कैद गर्ने नाममा विभिन्न विकृति र विसंगति दोहोरिएको विज्ञहरुको भनाई छ । यसअघि पनि पूर्वी टर्कीमा टिकटक भिडियो खिच्दा एक युवकको ज्यान गएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा