११ आश्विन २०७८, सोमबार

उत्खनन् गर्दा पुरातत्वविद्ले जब अंगालोमा बेरिएको अस्थिपञ्जर देखे…..

प्रकाशित मिति :  ९ भाद्र २०७८, बुधबार १६:०५


९ भदौ ‘बेइिजिङ’, एजेन्सी । चीनका पुरातत्वविद्हरुले पन्ध्र सय वर्षअगाडि पुरुष र महिलालाई एउटै चिहानमा गाडेको अस्थिपञ्जर फेला पारेका छन् । दुबै जनाको अस्थिपञ्जर अंगालोमा बेरिएको अवस्थामा देखिन्छ ।

मृत्यु हुने बेला पुरुष २९ देखि ३५ वर्ष भएको र उनको पाखुरा भाँच्चिएको, दाँया हातको चोर औला नभएको पुरातत्वविदहरले अनुमान गरेका छन् । त्यस्तै, मृत्यु हुने बेलामा महिलाको उमेर अन्दाजी ३५ देखि ४० वर्षसम्मको हुन सक्ने र उनले बायाँ हातमा औँठी लगाएको अनुमान गरिएको छ । चीनको सान्सी प्रान्तमा माटो खन्ने क्रममा उनीहरुको संयुक्त चिहान देखिएको हो ।

महिला र पुरुषको एउटै चिहानमा कसरी अन्त्यष्टि भयो भन्ने बारेमा प्रष्ट हुन सकेको छैन् । आफ्ना मृत श्रीमानको पीडाले महिलाले पनि देह त्याग गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यस्तो चिहान चिनियाँ इतिहासमै पहिलो पटक भेटिएको बताइएको छ । चिहानले चीनको नर्थ वी वंशले शासन गरेको समय ९३८६–५३४ एडी० मा प्रेम र त्यागलाई प्रतिनिधित्व गर्ने जनाइएको छ ।

चिहानको तस्बिरले ‘पहिलो सहश्राब्दीको समयमा चिनियाँ संस्कृतिको स्वतन्त्र अभिव्यक्ति र प्रेमको सक्रीय खोजी’ लाई उजागर गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

‘अन्तिम संस्कारको अभ्यास पश्चिमा सस्कृतिबाट प्रभावित भएको ह्न सक्छ’ अनुसन्धानकर्ताहरुले भनेका छन् । चिहानमा मानिसको मायाको आवेगको अनौठो प्रदर्शन झल्किएको छ । चिहानको अस्थिपञ्जरले उत्तरी चीनमा त्यतिबेला प्रेमप्रति मानिसको धारणाको दुर्लभ दृष्टिकोणलाई प्रतिबिम्ब गरेको छ । चिहाननजिक केही माटाका सामाग्री पनि फेला परेका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा