८ आश्विन २०७८, शुक्रबार

मर्जरमा जाने लघुवित्तलाई कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कर्पोरट कार्यालय खोल्न पाउने

प्रकाशित मिति :  १० भाद्र २०७८, बिहीबार १०:४६


१० भाद्र, काठमाडौं । मर्जर तथा प्राप्ति हुने लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाहमा सहुलियतदेखि उपत्यकामा कार्यालय स्थापना गर्ने सुविधा पाउने भएका छन् । लघुवित्त वित्तीय संस्थाको मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्दै नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।

केन्द्रीय बैंकद्वारा जारी परिपत्रअनुसार लघु वित्त वित्तीय संस्थाहरु गाभिएर वा प्राप्ति गरेर १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी कायम गरेमा काठमाडौं उपत्यकाभित्र काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका बाहेकका स्थानमा एउटा कर्पोरेट कार्यालय र २ वटा शाखा कार्यालय स्थापना गर्न स्वीकृति राष्ट्र बैंकले प्रदान गर्नेछ ।

साथै, १ अर्ब रुपैयाँभन्दा बढी चुक्ता पूँजी भएका संस्थाले एउटा राष्ट्रियस्तर वा २ वटा प्रदेश स्तरका संस्था गाभेमा वा प्राप्ति गर्ने लघुवित्तले समेत सो सुविधा प्राप्त गर्नसक्नेछन् ।

यसैगरी, थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाबीच मर्जर तथा प्राप्ति भएमा त्यस्तो लघुवित्त वित्तीय संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता