सिम्रिक साकोसका गतिबिधिप्रति आमनागरिकहरुको चासो
नेपालबहस संवाददाता
भदौ ११, २०७८ शुक्रबार १८:३०:५४
११ भदौ, झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.का गतिबिधिहरु प्रति आम नागरिकहरुको चासो बढ्दै गएको छ । सिम्रिक साकोसले आफ्ना आर्थिक गतिबिधिहरुसँगसँगै सदस्यको दुःखमा समेत साथ दिदै आएपछि नागरिकको चासो बढ्दै गइरहेको हो ।
सहकारी संस्थाहरुको प्रतिस्पर्धामा झापा, मोरङ्ग र ईलाममै अब्बल दर्जामा रहेको सिम्रिक साकोसले आप्mनो स्थापनाकाल देखि नै सदस्यहरुको हितमा काम गर्दै आईरहेकोले उक्त कार्यलाई चिरकालसम्म निरन्तरता दिईरहने संस्थाका अध्यक्ष तथा बिर्तामोड नगर पालिकाका आदरणीय ब्यक्तित्व शुवास भट्टराईले बताए ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएका सबै सदस्यहरुको जन्मदेखि मृत्यूसम्मका सबै प्रकारका सुख–दुःखमा संस्था साथै रहने भन्दै अध्यक्ष भट्टराईले संस्थालाई आर्थिक उपार्जनको साधनको रुपमा नभई सदस्यको सहयोगीको रुपमा हेर्ने परम्परालाई कायम राखेर अघि बढीरहने प्रतिबद्धता समेत ब्यक्त गरे ।
शिलशिलामा सिम्रिक साकोस सेवाकेन्द्र भद्रपुर अन्तर्गतकी शेयर सदस्य भिमादेवि खनालको यहि भाद्र २ गते भएको असामयिक निधनले समस्त सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. परिवारले आफ्नो परिवारको अभिभावक तथा एक असल सदस्य गुमाएको महसुस गरेको भन्दै संस्थाका कार्यकारी प्रमूख कमल बहादुर बस्नेतले उनको परिवारमा पर्न गएको दुःखमा सहभागी हुदै संस्थाले आर्थिक सहयोग प्रदान गरेको बताएका छन् ।
कार्यकारी प्रमूख बस्नेतले सिम्रिक साकोसको गहना भनेकै आफ्ना शेयर सदस्य भएको बताउँदै सदस्यको दुःखमा सधैं साथ र सहयोग रहिरहने प्रतिबद्धता समेत ब्यक्त गरको नेपालबहस डटकमसँग बताए ।
साकोसले शेयर सदस्य भिमादेबि खनालको असामयिक मृत्यू भएको ९ औँ दिनको पुण्य तिथिमा संस्थाका विभागिय प्रमुख प्रेम बस्नेत, भद्रपुर सेवाकेन्द्र प्रमुख गोपाल बिष्टका साथै सिम्रिक साकोसका कर्मचारीहरुको उपस्थितिमा मानो–चामल सहित समवेदना प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
संस्थाको निति अनुसार स्व. आत्माको चीर शान्तिको कामना सहित मृतक खनालको परिवारलाई राहत स्वरुप रु. ५०,०००।– प्रदान गरिएको कुरा संस्थाका आई.टि. प्रमुख याम बहादुर बिष्टले बताए । सिम्रिक साकोस प्रति पूर्बका ३ जिल्लामा अहिले आकर्षण बढीरहेको कुरा बताउदै यसलाई कम हुन नदिने कुरा संस्थाका सूचना बिभाग प्रमूख विजय पाण्डेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार र सहकारी पीडितबीच ८ बुँदे सहमति, आन्दोलन स्थगित
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार