काभ्रेका दुई वितरण केन्द्रमा ३३ करोड विद्युत् महसुल बक्यौता
नेपालबहस संवाददाता
भदौ १५, २०७८ मंगलबार १८:३२:२८
१५ भाद्र, काभ्रेपलाञ्चोक । नेपाल विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोकस्थित दुई वितरण केन्द्रमा रू। ३३ करोड विद्युत् महसुल बक्यौता रहेको छ । चार नगरपालिका र एक गाउँपालिकाले सडक बत्ती तथा अन्य प्रयोजनको १८ करोडभन्दा बढी विद्युत् महसुल चुक्ता गरेका छैनन् ।
बनेपा, धुलिखेल, पनौती र पाँचखाल नगरपालिका तथा भुम्लु गाउँपालिकाले उक्त परिमाणको महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणका काभ्रेपलाञ्चोकस्थित वितरण केन्द्रहरूले जानकारी दिएका छन् । ती स्थानीय तहले काभ्रे वितरण केन्द्र बनेपा र पाँचखाल वितरण केन्द्रबाट सडक बत्तीलगायत विद्युत् प्रयोग गर्दै आएका छन् ।
बनेपा वितरण केन्द्रअन्तर्गत बनेपा नगरले सडक बत्तीको रू। पाँच करोड ९९ लाख ६६ हजार, धुलिखेल नगरको पाँच करोड ७७ लाख ७२ हजार र पनौती नगरको रू। चार करोड ९८ लाख ३३ हजार विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । पाँचखाल वितरण केन्द्रअन्तर्गत पाँचखाल नगर र भुम्लु गाउँपालिको २७ लाख २१ हजार बक्यौता रहेको जानकारी दिइएको छ ।
बनेपा वितरण केन्द्रअन्तर्गत विद्युत् प्रयोगकर्ताबाट गत असार मसान्तसम्ममा ३२ करोड ९९ लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । केन्द्र प्रमुख इञ्जिनीयर माधवेन्द्र यादवका अनुसार ग्राहस्थतर्फ ११ करोड १७ लाख ४१ हजार, गैरव्यापारिक क्षेत्रबाट रू। छ लाख २३ हजार, व्यापारिक क्षेत्रबाट ५८ लाख ५९ हजार, औद्योगिकबाट दुई करोड ४१ लाख, खानेपानीबाट ११ लाख ३४ हजार, सिँचाइबाट चार लाख ८७ हजार बक्यौता छ ।
स्थानीय तहअन्तर्गत सडक बत्तीको एकमुष्ट १८ करोड १० लाख २४ हजार, मेला–महोत्सवमा अस्थायी रूपमा विद्युत् प्रयोग गरेवापतको दुई लाख ५९ हजार, मठमन्दिर पाँच लाख २४ हजार, सामुदायिक क्षेत्रबाट आठ लाख ७८ हजार बक्यौता बाँकी छ । गैरगार्हस्थ ३२ लाख २६ हजार, सिनेमा हलको ३४ हजार, आन्तरिक खपत वापतको २४ हजार बक्यौता रहेको यादवले जानकारी दिए ।
पाँचखाल वितरण केन्द्रअन्तर्गत भने सडक बत्ती, व्यापारिक, सामुदायिक, ग्राहस्थ, खानेपानी, औद्योगिक, सिँचाइ तथा गैरव्यापारिकलगायत क्षेत्रको रू। तीन करोड ८४ लाख ९१ हजार महसुल तिर्न बाँकी रहेको केन्द्रले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाइउड उद्योगमा तीन सय बढी मजदुरले पाए रोजगारी
बैशाख ५, २०८१ बुधबार
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तयार : अध्यक्ष ढकाल
बैशाख ४, २०८१ मंगलबार
पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढ्यो
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार