सडक हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार १७:३९:५१
२२ भदौ, राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको मानपुर खण्ड हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।
जानकी गाउँपालिका–३ मानपुरमा पर्ने उक्त सडकमा पानी जमेर हिलाम्मे हुँदा साना सवारी साधन र नागरिकलाई आवतजावतमा कठिनाइ भएको छ । उक्त स्थानमा दुर्घटनाको जोखिम बढेको स्थानीय अब्बाद अहमद सिद्दीकीले बताए । उनका अनुसार हिलाम्मे सडकमा साना दुईपाङ्ग्रे सवारी दैनिकरूपमा दुर्घटना हुने गरेका छन् । नेपालगञ्ज–गुलरिया मुख्य सडकमै महिना दिनदेखि यो समस्या भए पनि सरोकारवाला निकायले समाधानका लागि चासो दिएका छैनन् ।
मानपुर मोडमा पानी निकासका लागि नाली नहुँदा सडकमा पानी जमेको हो । निरन्तरको वर्षाका कारण उक्त खण्डको ३० मिटर सडक पानीले डुबेको छ । मोडमै रहेको घर भत्काएपछि फराकिलो बनेको सडकमै पानी जमेका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।
सडकमा पानी जमेर हिलाम्मे भएपछि तत्कालका लागि आवतजावतमा सहज बनाउन गाउँपालिकाबाट ग्राभेल हालेर मर्मत गर्ने प्रयास गरिए पनि पानीको निकास नभएकाले समस्या समाधान हुन नसकेको जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए ।
“तत्काल आवतजावत सहज बनाउनका लागि ग्राभेल हालिएको छ । दीर्घकालीन समस्या निकासका लागि सडक विभागसँग दुवै साइडमा पानी निकासका लागि सानो नाली बनाउने पहल भइरहेकोे छ”, धितालले भने, “समस्या समाधानका लागि आवश्यक सहयोग र समन्वय गर्न गाउँपालिका कार्यालय तयार छ ।”
नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउने योजना अगाडि बढे पनि यो वर्ष भने सर्वसाधारणले कठिनाइ व्यहोर्नुपर्ने भएको छ । नेपालगञ्जदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक नै विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ ।
यो आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले रु १३ करोड बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय भएको छ । चारलेन सडक निर्माण योजना बहुवर्षीय हो । योजना कार्यान्वयनसँगै अहिले हिलाम्मे भएको मानपुर खण्डको समस्या पनि समाधान हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
मानपुर-बुलिङटार सडक खण्डमा कालोपत्र गरिँदै
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
बैशाख १३, २०८१ बिहिबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय, फाष्ट ट्रयाकबाट कानुन बनाउने
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार