११ आश्विन २०७८, सोमबार

रिलायबल नेपालले माग्यो कर्मचारी

प्रकाशित मिति :  २३ भाद्र २०७८, बुधबार १०:३७


२३ भदौ, काठमाडौं । रिलायबल नेपाल लाइफले कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुखका लागि ३ जना, मार्केटिङ कर्मचारीको लागि ७ जना कर्मचारीको माग गरेको हो ।

कम्पनीले शाखा प्रमुखका लागि धनुषा, महोत्तरी र सर्लाही जिल्लाका लागि माग गरेको हो भने मार्केटिङका लागि धनुषा, महोत्तरी र सर्लाही, रौतहट, बारा र सिमराका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले आफ्नो उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ३० गते बैंकिङ समयभित्र आवेदन दिन आग्रह गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा