७ आश्विन २०७८, बिहीबार

बीमा कम्पनीले हकप्रद जारी गर्न नपाउने

प्रकाशित मिति :  २३ भाद्र २०७८, बुधबार १५:०६


बीमा शुल्कमा छुट दिन समितिको निर्देशन

२३ भदौ, काठमाडौं । बीमा कम्पनीले चालु आर्थिक वर्षमा हकप्रद शेयर निष्काशन गर्न नपाउने भएका छन् । बीमा समितिले चालु आवमा कुनै पनि बीमा कम्पनीहरुलाई हकप्रद शेयर जारी गर्न स्वीकृति नदिने निर्णय गरेको हो ।

समितिले बीमा कम्पनीहरुको जोखिममा आधारित पुँजीको मोडालिटी ल्याउन हकप्रद निष्कासन स्थगित गरेको हो ।

यद्यपि अनुमति पाइसकेका कम्पनीले भने हकप्रद निष्कासन गर्न पाउनेछन् । त्यस्तै, आइएमई जनरल इन्स्योरेन्सले भने समितिबाट ४० प्रतिशत हकप्रद जारी गर्न स्वीकृत पाइसकेको छ । समितिका अनुसार स्वीकृत लिन आउने कम्पनीलाई चालु आर्थिक वर्षभरी अनुमति दिइने छैन् ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा