७ आश्विन २०७८, बिहीबार

अट्वारीमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

प्रकाशित मिति :  २४ भाद्र २०७८, बिहीबार १७:०६


मोहन जोशी

२४ भदौ , धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आउँदो आइतबार ‘२७ भदौ’ सार्वजनिक बिदा दिने निर्णय गरिएकोछ । थारु समुदायको महत्वपूर्ण पर्व अट्वारीका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आइतबार तराईका दुई जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठको निर्णय अनुसार थारु समुदायले भव्यताकासाथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीका अनुसार प्रदेश सरकारले थारु समुदायको मौलिक पर्व अट्वारीको लागि २७ भदौमा एक दिन बिदा दिने निर्णय गरिएको हो ।

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा