११ आश्विन २०७८, सोमबार

हाइड्रोइलेक्ट्रिसिटीले माग्यो चार प्रबन्धकसहित १० कर्मचारी

प्रकाशित मिति :  २५ भाद्र २०७८, शुक्रबार ०९:४८


२५ भदौ, काठमाडौं । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि कम्पनीले शुक्रबार विज्ञापन खोलेको हो । जसअनुसार चार प्रबन्धकसहित विभिन्न १० पदमा जागिरको अवसर छ । कम्पनीले प्रशासन र वित्तमा एकरएक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धक माग गरेको हो ।

यसैगरी, दुईरदुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । असोज १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा