७ आश्विन २०७८, बिहीबार

बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते, स्थानीय त्रसित

प्रकाशित मिति :  २५ भाद्र २०७८, शुक्रबार २२:४०


२५ भदौ, दाङ । बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते भएका हुन् ।

कुकुरको टोकाइबाट घाइते हुने अधिकांश तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का बासिन्दा रहेका छन् । बौलाहा कुकुरले टोक्नथालेपछि स्थानीय त्रसित बनेका छन् ।

कुकुरले टोकेका व्यक्तिहरूको जिल्लामा उपचार सम्भव नभएपछि बाँके र काठमाडौं पठाउन थालिएको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेण्ट डा। बिनोद सिंहले शुक्रबार दिउँसोसम्म २६ जना बौलाहा कुकुरले टोकेको भन्दै अस्पताल पुगेको बताए ।

‘बौलाहा कुकुरको टोकाइबाट घाइते हुने बिरामीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘हामीसँग उपचारका लागि खोप छैन । त्यसैले बिरामीलाई बाहिर पठाउन बाध्य छौं ।ु उनले बुधबारदेखि बौलाहा कुकुरले टोकेका बिरामी आउन थालेको बताएका छन् ।

स्पतालमा इमोग्लोबिन नामक भ्याक्सीन अभावले बिरामीलाई बाहिर रेफर गर्नु परेको मेसु सिंहले बताए । तुलसीपुरका स्थानीय किरण केसी पनि कुकुरको डरले स्थानीय दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत जान डराउने गरेको गुनासो गरेका छन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा