७ आश्विन २०७८, बिहीबार

जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण

प्रकाशित मिति :  २६ भाद्र २०७८, शनिबार ०८:२३


हेमन्त केसी

२६ भदौ, जाजरकोट । नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि जाजरकोटमा बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए । बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण पाइएपछि ८ साउनमा १८ बालबालिकाको नमूना परीक्षण गरिएको थियो ।

खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरा, क्षयरोग र पोलियोजस्ता रोगको संक्रमण देखिनसक्ने चेतावनी चिकित्सकले दिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाले अनुगमन पनि गरेको छ ।

गत वर्ष ललितपुर, सर्लाही, झापा र धादिङमा १ सय २५ जनामा दादुराको संक्रमण पाइएको थियो । त्यसअघि सन् २०१९ मा देशभर दादुराका बिरामीको संख्या ४ सय ३० रहेको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा