चितवनमा कोरोना संक्रमणको संख्या घट्दै
नेपालबहस संवाददाता
भदौ २७, २०७८ आइतबार १६:२१:२६
२७ भदौ, चितवन । साउन महिना लागेसँगै उच्च बनेको कोरोना संक्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने संक्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा संक्रमण रहेकामा यही भदौ लागेसँगै संक्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार साउन ७ गते २५५ मा संक्रमण पुष्टि भएको थियो । यस्तै साउन १७ गते २२९, साउन २४ गते २३८ मा संक्रमण देखिएको थियो । साउन मसान्तबाट यो सङ्ख्या घट्दै गएको हो । साउन ३१ मा आइपुग्दा २०१ जनामा कोरोना देखिएको थियो ।
जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भदौ महिना सुरु भएसँगै यो सङ्ख्या थप घट्दै गएको हो । कार्यालयको तथ्याङ्कानुसार भदौ १ गते १०६ मा संक्रमण देखिएकामा भदौ १० गते आउँदा ९७ मा झरेको थियो । भदौ २० गते ७० मा झरेकामा २४ गते आइपुगदा यो सङ्ख्या ४१ मा झरेको छ ।
साउनमा २७ हजार १९७ को परीक्षण गरिएकामा पाँच हजार २६५ मा सङ्क्रमण देखिएको थियो । भदौ २४ गतेसम्ममा १५ हजार ६१८ को नमूना परीक्षण गरिएकामा एक हजार ७८५ मा सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिए । साउनमा सङ्क्रमणका कारण ६६ को मृत्यु भएको र भदौमा सो सङ्ख्या ३४ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
उहाँका अनुसार जिल्लामा अहिले ६७५ सक्रिय संक्रमित छन् । तीमध्ये ३१ अस्पतालमा उपचाररत छन् भने ६४४ होम आइसोलेशनमा छन् । जिल्लामा हालसम्म २५ हजार १९३ सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४०५ को मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण सहरी क्षेत्रमा कोरोना धेरै देखिएको अधिकृत ढकालले बताए । साउनको अन्तिम साता जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० पुगेको थियो ।
कङ्काल भेटियो
पश्चिम चितवनका एक व्यक्तिको कङ्काल भेटिएको छ । भरतपुर महानगरपालिका–१३ पृथ्वीनगर निवासी ५५ वर्षीय वसन्तमणि सुवेदीको कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार गत भदौ २१ गते स्थानीय दक्षिणकाली सामुदायिक वनमा निउरो टिप्न गएका सुवेदीको शनिबार कङ्काल भेटिएको हो । उनले लगाएको कपडा, टोपी, चप्पललगायतका कारण भेटिएको कङ्काल उनैको भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार