बैतडीका थप विद्यालय खुले, सामाजिक दुरी कायम
नेपालबहस संवाददाता
भदौ २७, २०७८ सोमबार ०:११:४९
२७ भदौ, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीका थप चार स्थानीय तहका विद्यालयमा आजदेखि भौतिक रुपमै पठनपाठन कार्य सुरु भएको छ । जिल्लाको मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालयहरु सञ्चालनमा ल्याइएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए । कक्षा कोठामा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ भने उनीहरुलाई मास्क अनिवार्य गरिएको छ । त्यसैगरी विद्यार्थीलाई विद्यालयमा पनि स्यानिटाइजर लगाउने र साबुन पानीले हात धुने व्यवस्था गरिएको स्थानीय तहहरुले जनाएका छन् ।
यसअघि दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकाका विद्यालयहरुमा भौतिक उपस्थितिमै पठनपाठन भएको छ । दश स्थानीय तह रहेको बैतडीका नौ स्थानीय तहका विद्यालय सञ्चालनमा आइसकेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाले भदौ ३० गतेदेखि विद्यालय सञ्चालन गर्ने जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई बिग्रने भन्दै अभिभावक र शिक्षकशिक्षिकाले चिन्ता व्यक्त गरेका थिए । सोही कारण विद्यालय सञ्चालनमा ल्याइएको हो ।
भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भएको छ । हाल यहाँ १९ जनामात्रै सक्रिय सङ्क्रमित रहेका बताइएको छ । यसैबीच जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनीमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमित शून्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार