८ आश्विन २०७८, शुक्रबार

मञ्जुश्री फाईनान्सको शाखा संजाल १५ पुग्यो

प्रकाशित मिति :  २७ भाद्र २०७८, आईतवार १८:५५


२७ भदौ, काठमाडौं। मञ्जुश्री फाईनान्स लिमिटेडको शाखा संजाल १५ पुगेको छ । फाईनान्सले आफ्नो बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा कार्यालय रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम, र भैरहवामा आफ्नो कारोबार शुभारम्भ गरेको छ ।

फाईनान्सको सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले नयाँ शाखा कार्यालयको उद्घाटन गरे । काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र विरगञ्ज मा ११ वटा शाखा रहेका थिए भने अव थप ४ सहित शाखा संख्या १५ पुगेको छ ।

२०७८ साल अषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको प्रमुख कार्यकारी अधिकृत संतोष निरौलाले नेपालबहस डटकमलाई जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता