कांग्रेसको १४ औँ महाधिवेशन : अबको सभापति डा. शेखर !
नेपालबहस संवाददाता
भदौ २७, २०७८ सोमबार १:४:४३
आगामी मंसिरमा हुन गैरहेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको रौनक देशैभरि शुरुभएको छ। केहि जिल्लाहरूमा वडा अधिवेशन सकिएको छ, भने केहि जिल्लाहरुमा वडा अधिवेशन हुने क्रममा छन्।
महाधिवेशनको रौनक पनि किन नहोस देशकै सबैभन्दा ठुलो, पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले अहिलेसम्म देशमा भएका सबै प्रकारका राजनीतिक परिवर्तनको नेतृत्व गरेर यहासम्म आईपुगेको छ।
शसस्त्र विद्रोहमा रहेको तत्कालीन नेकपामा ओवादीलाई समेत शान्ति सम्झौता मार्फत लोकतान्त्रिक मार्गमा हिडाउन सफल कांग्रेसले अहिलेभने आफ्नै पार्टीलाई समेतटेको लगाउन नसक्ने अवस्थामा पुगेको देखिदैछ।
यस्तो अवस्थामा अबको चौधौमहाधिवेशनबाट नेपाली कांग्रेसमा कस्तो नेतृत्व आउला ? कुन नेताले सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाउला ? युवाहरूको हस्तक्षेपकारी भुमिका रहन्छ कि रहदैन ? भन्ने जस्ता कुराहरुसमेत अहिले आम नेपाली कांग्रेस बृत्तमा मात्र हैन सिङ्गो नेपाली समाजमा छलफल र बहसको बिषय बन्दै गैरहेको छ।
नेपालका कम्युनिस्टहरूको चर्तीकलावाट अवाक बनेका नेपाली जनताहरुको भविष्य नेपाली कांग्रेसको अब आउने नयाँ नेतृत्वसँग समेत गाँसिएकोले पनि आमनेपाली जनतामा नेपाली कांग्रेसको चौधौमहाधिवेशन थप रोमाञ्चक र नेतृत्वकै सवालमा चौधौ महाधिवेशन नेपाली कांग्रेसको नेतृत्व गर्ने दर्जनौ आकाक्षिहरुरहनुलाई अत्यन्तै गौरव गर्ने बिषयको रुपमा हेरिएको छ।
जुन पार्टीमा योग्य र क्षमतावान नेताहरु धेरै हुन्छन् । त्यो पार्टीमा नेतृत्वको आकांक्षा राख्नेनेताहरू अगाडि आउनुलाई सामान्य रुपमा लिनुपर्छ। यसले केन्द्र, जिल्ला, प्रदेश, क्षेत्र र नगर गाउँसम्म सवल र सक्षम कांग्रेस बनाउन अत्यन्तै ठुलो मद्दत गर्दछ।
वर्तमान कांग्रेसमा पनि अहिले यसरी नै नेतृत्वमा पुग्ने र देश र जनताका काममा क्रियाशिल रहने भन्ने आकांक्षा राखेका नेताहरु महाधिवेशनबाट नेतृत्वतहमा आउन प्रयत्नशील रहेको समेत स्पष्टरुपमा देखिएको छ।
यिनै नेतृत्व तहमा देखिएकानेताहरु मध्येका एक आकांक्षी हुन डा. शेखर कोईराला गिरिजाप्रसाद कोईरालापछि सर्वाधिक सकृय नेता, पार्टी भित्र सहि र गलत छुट्याउन सक्ने, लोकतन्त्रका पक्षमा अडिग रहनसक्ने, रसिङ्गो युवाशक्तिको नेतृत्व गर्न सक्ने नेपाली कांग्रेसको आमकार्यकर्ताहरुको विचमा पुगेर उनिहरुका समस्यार अप्ठ्याराहरु बुझ्नसक्ने नेताका रुपमा अहिले डा .शेखर कोईरालालाई लिने गरिएको छ।
कार्यकर्ताका घर घरमा पुग्न सक्ने नेताका रुपमा पनि डा. कोईराला अत्यन्तै लोकप्रिय बन्दै गैरहेका छन्। डा. शेखरको सकृयताले नै २०७४ सालको आमनिर्वाचनमा मुर्छित भएका कांग्रेस नेता तथा कार्यकर्ताहरू अहिले बिस्तारै बहुरिन थालेका छन्। जसले गर्दा नेपाली कांग्रेसले अहिले आफ्नो उपस्थिति बिस्तारै दर्विलो बनाउदै लैजान थालेको छ। डा.शेखरको सकृयताले नै नेपाली कांग्रेसको अस्तब्यस्त भएको संगठनले फेरि एक पटक चलायमान हुने अवसर प्राप्त गरेको छ, भने बिधि र पद्धति सम्मत अब नेपाली कांग्रेस अगाडि बढछ भने र तमाम नेपाली कांग्रेसका नेता तथा कारयकर्ताहरुले आशा गरेका छन्। उनैआशाका केन्द्र डा. कोईरालाप्रति अत्यन्तै ठुलो भरोसा गरेका छन्।
डा.शेखरको यहि राजनीतिक सकृयता देखेर अहिले नेपाली कांग्रेस पार्टीभित्र जसरी पनि डा. शेखरलाई रोक्ने र छेक्ने अभियान नै सञ्चालन भएको देखिन्छ । जसको नेतृत्व स्वयंपार्टी सभापतिले गर्नु आफैमा लज्जाको बिषय हो। वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको एउटै मात्र रणनीति जसरी पनि र जे गरेर भएपनि आफै सभापति बन्ने, यदि कथंकदाचित आफु सभापति बन्न नसक्ने अवस्था आएमा डा. शेखर कोईरालालाई पनि सभापति बन्न नदिने अभियान चलाउन थालेको देखिदै छ।
यसले स्वयं उनको सांगठनिक असक्षमता र आमकार्यकर्ताको भावनामाथिको नाङ्गो नाँचका रुपमा हेर्न थालिएको छ। वर्तमान कांग्रेस सभापति देउवा डा. कोईरालासँग यति डराउनु र भयभित हुनुमा उनमा भन्दा डा. शेखरमा सांगठनिक क्षमता धेरै रहेको र पार्टीप्रति ईमानदार कार्यकर्ताको माया र सदभाव अत्यधिक रहेको प्रष्ट हुन्छ।
हिमाल, पहाड, तराई र मधेशका तमाम कृयाशिल सदस्यहरु अबको नेपाली कांग्रेसको सभापतिको रुपमा डा. कोईरालालाई हेर्न चाहान्छन्। भर्खरै सम्पन्न वडाअधिवेशनवाट निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधिहरु पनि डा. शेखरसँगै गोल बद्ध बन्न चाहान्छन्। यसका लागि अब डा. कोईरालाले छिटो भन्दा छिटो सभापतिको आधिकारिक उम्मेदवार घोषणा गरि आम कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिका बिचमा आउन जरुरी भैसकेको छ।
म एक पटक मात्र सभापति बन्ने हो र पार्टीलाई नयाँ उचाईमा पुर्याएर युवाहरूको जिम्मामा नेतृत्व हस्तान्तरण गर्छु भनेर सार्वजनिक रुपमा घोषणा गरिसकेका डा. शेखरले अब पार्टीका तमाम युवा नेतृत्वलाई पार्टीको उपल्लो स्थानमा स्थापित गराउदै नेपाली कांग्रेसलाई देशकै सबैभन्दा ठुलो र देशकै सबैभन्दा सवल लोकतान्त्रिक पार्टी बनाउन जरुरी भैसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार