७ आश्विन २०७८, बिहीबार

दमक कांग्रेसको नेतृत्व सम्हाल्ने पर्शुराम रिजालको घोषणा

प्रकाशित मिति :  २७ भाद्र २०७८, आईतवार १९:३०


२७ भदौ, काठमाडौं । दमकको समग्र विकासमा नेपाली कांग्रेस, नेपाली कांग्रेसको नेतृत्वमा पर्शुराम रिजाल भन्ने नाराका साथ युवा नेता पर्शुराम रिजालले दमक कांग्रेसको नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१०८ औँ विपी जयन्तीको अवसर पारेर विपीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनै महामानव विश्वेश्वर प्रसाद कोईरालाले देखाएको बाटोमा हिडने बिश्वास र प्रतिवद्धताका साथ नेपाली कांग्रेसका युवा नेता पर्शुराम रिजालले नेपाली कांग्रेस दमकको नगर सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।

नेपाल विद्यार्थी संघ झापाका पुर्व जिल्ला सभापति समेत रहिसकेका युवा नेता पर्शुराम रिजालले नेपाली कांग्रेसको दमक नगर समितिको कार्यालय भवनम उनले नेपाली कांग्रेसको दमक नगर समितिको सभापतिको बिधिवत रुपमा उम्मेदवारी घोषणा गरेका हुन । लामो समय नेपाल बिद्यार्थी संघ र नेपाली कांग्रेसको राजनीतिमा सकृर रहेका नेता रिजाल दमक कांग्रेसका लागि आशाका केन्द्रका रुपमा समेत रहेका छन् ।

बौदिक क्षमता र तर्किक कुशलतामा दमकमा बेग्लै पहिचान बनाएका नेता रिजाल पार्टी भित्र खरो बिचार प्रस्तुत गर्न सक्ने र प्रतिपक्षसँग समेत डटेर मुकाबिला गर्न सक्ने क्षमताका कारण कार्यकर्ता बिच लोकप्रिय हुनुका साथै पार्टी पंतिभित्र उनलाई एक कुशल संगठनकर्ता र निस्वार्थ नेताका रुपमा समेत लिने गर्दछन् ।

सामान्य रहन शहनमा रमाउन रुचाउने नेता रिजाल नेपाली कांग्रेसको राजनीतिक आस्था र विचारमा चट्टान झै अडिक रहेका छन् । उहाले नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा नगर सभापतिको उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेस पार्टीलाई विधि, बिधान र कार्यकर्ताहरूको भावना र चाहना अनुरुप सञ्चालन गर्ने बताएका छन् । नेपाली काङ्ग्रेसका कार्यकर्ता र नेताका बिचमा सृजना भएका अबिश्वासका खाडल पुर्दै नेपाली कांग्रेसलाई वडा स्तरवाटै सबल र सक्षम बनाउदै लैजाने आफ्नो एकमात्र उद्वष्य रहेको बताएका छन् ।

युवा नेता रिजालले भातृ संघरसंगठनहरुलाई चलायमान बनाउदै नेपाली कांग्रेसलाई एकढिक्का र बलियो बनाउदै निकट भविष्यमा हुन लागेको स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउदै एक ब्यक्ति, एक पद र एक कार्यकालको आधारमा आफुले नगर सभापतिको रुपमा काम गर्ने उदघोष समेत गरेका छन् ।

दमकमा नेपाली कांग्रेसको सवलिकरण नै आफ्नो पहिलो र अन्तिम लक्ष रहेको बताउने नगर सभापतिका प्रत्यासी उम्मेदवार नेता रिजाल नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउदै दमकको चौतर्फी बिकासमा नेपाली कांग्रेसलाई सकृय बनाउन र विगतका निर्वाचनमा पार्टिले ब्यहोरेको पराजयको घाउमा मल्हमपट्टी लगाउदै आफुले दमक कांग्रेसको नेतृत्व सम्हाल्न चाहेको बताएका छन् ।

पर्शुराम रिजालको नगर सभापतिको उम्मेदवारी सँगै दमकको समग्र विकासमा नेपाली काङ्ग्रेस, नेपाली कांग्रेसको नेतृत्वमा पर्शुराम रिजाल भन्ने नारालाई यसपटकको कांग्रेसको नगर अधिवेशनले पूरा गराउन सफल बनोस भन्ने आम दमक कांग्रेसको भावनाले सार्थकता पाउने निश्चित छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा