तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
भदौ २८, २०७८ सोमबार १०:५०:५२
वि.सं.२०७८ साल भदौ २८ गते । सोमबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १३ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–सप्तमी, बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– अनुराधा, बिहान ११ बजेर २६ मिनेट उप्रान्त ज्येष्ठा । योग– विष्कुम्भ, दिउसो १२ बजेर ४० मिनेट उप्रान्त प्रिती । करण– गर, बिहान ०६ बजेर २५ मिनेट उप्रान्त वणिज, बेलुकी ०५ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४८ मिनेट,सूर्यास्त लुकी ०६ बजेर १० मिनेट । दिनमान ३० घडी ५३ पला । भ।पू।मंगलकुण्डमेला, थकाली फालोपर्व, महाक्ष्मीव्रत आरम्भ ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् भने आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला ध्यान दिनुहोला रुपैया पैसा लिएर फरार हुन सक्छन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन भने कामको चापले शरिरमा थकाईको महशुष हुनेछ । साझपख धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने पढाईलेखाईमा सुधार भएर जानेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेकोछ । पढाईलेखाईमा उल्लेख्य सुधार भएर जाने हुनाले अरुलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाईने हुनाले नयाँ काम गर्ने जोस जागर बढेर जानेछ । मायाप्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुशी रहनेछ । पाहुना लागेर कतै जादा आथित्यको सत्कार तथा सम्मान पाईनेछ । बिभिन्न सहयोग तथा उपाहार प्राप्तीको ग्रहयोग रहेको छ । आर्थिक रुपमा सुदृड हुन सकिने हुनाले दैनिकी सहज रुपमा अगाडी बढ्नेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- बिवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- लामो समयदेखी थाती रहेको काम बन्नेछ भने बिभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले सकयमा कामहरु बन्नेछन् । पढाईलेखाईमा पहिले भन्दा सुधार भएर जानेछ भने अली बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पति तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेको छ । बिहानको समयमा आमासँग विवाद हुने योग रहेकोछ ।
सिंह ‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागी समय मध्यम रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाईलेखाईमा बिभिन्न कारणले समय दिन सकिने छैन । सवारीसाधन चलाउदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- उद्योग तथा उत्पादन मुलक व्यावसायमा लागानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो दुरिको उपलब्धि मुलक यात्राको तय गर्न सकिनेछ भने व्यापारमा प्रशस्त आम्दानी हुनेछ । दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । पुराना विवादित बिषयहरु हल भएर जानेछन् । नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईको बोलिको सबैले कदर गर्नेछन् । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीतसंगितमा लाग्नेहरुका लागी समयले साथ दिनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- आत्मबिश्वास बढ्ने हुनाले गाह्रो कामहरु पनि सहजै सम्पादन गर्न सकिनेछ । व्यावसाय फस्टाएर जानेछ भने व्यावसायमा लगानी बढाउदा भनेजस्तो आम्दानी हुनेछ । निति नियम तथा कानुन अनुसार हुने फैसला तपाईकै पक्षमा हुनेछन् । पढाईलेखाई तथा प्रतिष्पर्धिमा तपाईकै नाम अग्र स्थानमा आउनेछ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायि रहनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- कल्पना तथा भावनामा बग्नाले काम गर्न मन लाग्ने छैन । परिवार तथा आफन्तहरुले गलत आरोप लगाउन सक्छन् ध्यान दिनुहोला । पढाईलेखाईमा मन जाने छैन भने बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यावसायमा मन्दी आउनेछ । प्रेममा धोका हुनेछ भने जीवनसाथिसँग मनमुटाब बढ्ने योग रहेको छ । तरपनि लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’:- घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाईलेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुशि हुनेछन् । नयाँ प्रेम प्रस्ताब आउनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयमो सदुपयोग गरि मनग्गे लाभ लिन सकिनेछ । साथिभाईहरुको सहयोग पाईनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाँफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेको छ । तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ४, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३, २०८१ सोमबार
तपाईको आजको राशिफल कस्तो छ ?
बैशाख २, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार