७ आश्विन २०७८, बिहीबार

अवरुद्ध मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार ११:२३


२८ भदौ, सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले पहिरोका कारण अवरुद्ध मेलम्ची–पाँचपोखरी सडक सञ्चालनमा ल्याएको छ । जिल्लाका माथिल्लो भेग भोताङ, गुन्सा, मानेखर्क र थाङ्पालकोटलगायत पुग्नको लागि सहजता भएको छ ।

सडक खुलाइदिन नगरपालिकालाई थाङ्पालवासीले सामाजिक सञ्जालमार्फत सार्वजनिकरुपमा अपिलसमेत गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मेलम्ची पाँचपोखरी सडक सञ्चालनमा आएको जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा