चौधरी फाउण्डेशनको ‘अप्रेशन दृष्टि’ कार्यक्रम सुरु
नेपालबहस संवाददाता
भदौ २८, २०७८ सोमबार १७:३९:२७
२८ भदौ, काठमाडौं । इटहरी चौधरी फाउण्डेशनले ग्रामिण र दुर्गम स्थानका बिपन्न समुदायलाई लक्षित गरि संचालन गरिएको ‘अप्रेशन दृष्टि’ कार्यक्रम पुनस् सुचारु गरेको छ । कोभिडका कारण लामो समयदेखि अबरुद्द हुदै आएको सो कार्यक्रम यहि आईतवारदेखि सुनसरीको गढि गाउपालिकाबाट सुरु गरिएको सिजी ग्रुपका प्रादेशिक प्रशासक रामजी कटवालले जानकारी गराए । गढि गाउपालिकाको सतेरझोडा र औराबनिमा रहेको स्वास्थ चौकिमा सो कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा बिराटनगरस्थित दिब्य दृष्टि आँखा अस्पतालका अनुभवि चिकित्सकहरुले ‘अप्रेशन दृष्टि’ कार्यक्रम मार्फत निशुल्क सेवा प्रदान गरेका थिए ।
कार्यक्रमबाट आखासंगै कानको जाच एव उपचार सेवा प्रदान गरिएको थियो । बिगत लामो समयदेखि गाउघरमा कोभिडका कारण जेष्ठ नागरिक तथा विपन्न वर्गहरुले आखाको समस्यालाई समाधान गर्ने उपयुक्त माध्यम नपाईरहेको अवस्थामा फाउण्डेसनको तर्फबाट यो कार्यक्रमलाई गाउघरमै पुगेर पुनस् अगाडि बढाईएको हो ।’अप्रेशन दृष्टि’ कार्यक्रम मार्फत कुल २ सय ५६ जना मध्ये ७१ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरुलाई निशुल्क अप्रेशनको ब्यवस्था गरिने कटवालले बताए ।
गढी गाउपालिका अध्यक्ष श्री प्रसाद यादवले आफ्नो आखा जाच गराउदै सुरु भएको कार्यक्रम बिहान १० बजेदेखि साझ ४ बजे सम्म संचालन भएको थियो । उक्त कर्यक्रममा मास्क, सेनिटाईजर वितरण तथा सामाजिक दुरि कायम गर्दै कोभिड बिरुद्द सचेतना अपनाईएको थियो । शिक्षा, स्वास्थ, बिपद र मानबिय सेवाको क्षेत्रमा काम गर्दै आएको चौधरी फाउन्डेशनले बजार तथा आवगमन सहज भएसंगै दुर्गम तथा ग्रामिण क्षेत्र लक्षित आफ्नो कार्यक्रम ‘अप्रेशन दृष्टि’ र सिजी केयर्सका मानबिय सहायता कार्यक्रमहरुलाई निरन्तरता दिईने कटवालले जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार