७२ करोडको लागतमा औरही नदीमा पुल निर्माण
नेपालबहस संवाददाता
भदौ २८, २०७८ सोमबार २१:२४:५८
२८ भदौ, धनुषा । धनुषाको औरही नदीमा पुल निर्माण सम्पन्न भएको छ । निर्धारित समयभन्दा १० महिना अगावै पुल बनेको हो । निर्माणाधीन ढल्केवर–जटही ६ लेनको सडक खण्डको क्षीरेश्वरनाथ र मिथिला नगरपालिकाको सीमामा उक्त पुल निर्माण गरिएको हो ।
यहाँ एकै ठाउँमा तीन पुल निर्माण गरिएका छन् । विसं २०७८ चैत मसान्तसम्ममा पुल निर्माण गर्ने सम्झौता भएको थियो । सरकार र ठेकेदार कम्पनी ‘कालिका टु दि रसुवा जेभी’बीच २०७६ असोज १ गते उक्त सम्झौता भएको थियो ।
कम्पनीका इञ्जिनीयर कृष्ण ढुङ्गेलका अनुसार गत असार पहिलो सातादेखि उक्त पुल सवारीसाधन सञ्चालनका लागि खुला गरिएको छ । रु ७२ करोडको लागतमा पुल निर्माण गरिएका हुन् ।
पुलको लम्बाइ ९० मिटर र चौडाइ १३ मिटर रहेको छ । उक्त पुलभएर एकैपटक तीन सवारीसाधन एकतर्फी रुपमा चलाउन सकिने ढुङ्गेलले बताए। पैदल यात्रुका लागि समेत छुट्टै लेन निर्माण गरिएको छ । यसअघि उक्त ठाउँमा एउटा पुल निर्माण भई सवारीसाधन सञ्चालन हुँदै आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत १५, २०८० बिहिबार
कर्णाली नदीको चिसापानी–गड्डाचौकीसम्मका १४ पुल मर्मत हुँदै
चैत १४, २०८० बुधबार
कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार