११ आश्विन २०७८, सोमबार

एनआरएनको अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्षका लागि प्रमिला वस्नेतको उम्मेद्वारी

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार १६:१८


२८ भदौ, काठमाडौं । गैर आवासिय नेपाली संघ एनआरएनको, अन्तराष्ट्रीय समन्वय परिषदको महिला उपाध्यक्ष्य पदको लागी प्रमिला वस्नेतले उम्मेद्वारी घोषणा गरेकी छिन् ।

क्यानडामा रहेर महिला हक हितको लागी आवाज उठाउदै नेपाली मौलिक लोक गीत संगितको माध्यमवाट समेत मातृभमी प्रतिको प्रेमलाई आम नेपाली माझमा पुर्याएकी गीतकार प्रमिलाले विश्वभरी छरिएर रहेका नेपाली माझमा नेपालको मौलिक लोक सभ्यतालाई विश्वमा पुयाउनको लागी लागीरहेकी छिन् ।

कर्मथलो क्यानाडा बनाएकी वस्नेत साझा संस्था गैरआवासिय नेपाली संघ क्यानाडाले अबका दिनमा क्यानाडाको क्यानाडियन नेपाली समुदायलाइ ठोस रुपमा सेवा र गौरबको संस्था मान्न सकिने उपलब्धि र अनुभूति दिलाउन आफु निरन्तर लागी परेको प्रमिला बस्नेतले बताइन् ।

गैर आवासीय नेपाली नागरिकताको विषयलाइ टुंगो दिन आफ्नो नेतृत्व सधै लागीपर्ने प्रतिवद्दता समेत व्यक्त गरेकी छिन् ।

गैर आवासीय नेपाली अभियान सगै गीत संगीतलाइ पनी सगै अगाडी बढाउने सोचमा छिन् । पछिल्लो समय वस्नेतका धेरै गितहरु वजारमा सार्वजानीक समेत भएका छन । देशभक्ति मात्र नभए माया प्रेमका गीतहरुमा पनि उनको कलम चलिरहेको छ ।

समाजसेवा लगायत अन्य धेरै क्षेत्रमा उनको योगदान नेपाली जनता प्रति निकै प्रसंसा योग्य रहेको छ । गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदको सवल नेतृत्वको लागी उनको उम्मेद्वारीलार्इ साथ, सहयोग र सद्भाब सहितको अमुल्य मतका लागी वस्नेतले आग्रह गरेकी छिन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा