८ आश्विन २०७८, शुक्रबार
सुदूरपश्चिम प्रदेश

एमाले सुदूरपश्चिम इन्चार्ज विवाद : लेखराज भट्ट सुटुक्क कैलालीमा

प्रकाशित मिति :  २८ भाद्र २०७८, सोमबार १७:४६


मोहन जोशी

२८ भदौ, धनगढी । नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट सुटुक्क कैलाली आइपुगेका छन् । सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयलाई लिएर एमाले उपाध्यक्ष भीमबहादुर रावलसँग विवाद चलिरहेकै बेला भट्ट कैलाली पुगेका हुन् । कैलाली पुगेका भट्टले गृह क्षेत्र गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका जनप्रतिनिधिसँग भेट गरेका छन् ।

लेखराज भट्टका स्वकीय सचिव उद्धव भट्टराईले भोलि ‘मंगलबार’ कञ्चनपुरको सुख्खा बन्दरगाहका बारेमा छलफल भएकाले सोही छलफलमा सहभागी हुन कैलाली आएको बताए ।

यसैगरी बुधबार कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेजका बारेमा छलफल रहेको उनले बताए । ‘यहाँका विकासका सवालमा छलफल गर्न इन्चार्जज्यू कैलाली आउनु भएको हो,’ स्वकीय सचिव भट्टराईले भने, ‘दुई दिनसम्म यहाँका विकास निर्माणका काममा छलफल हुनेछ ।’

स्वकीय सचिव भट्टराईले एमाले सुदूरपश्चिम प्रदेश इन्चार्जकै रुपमा लेखराज कैलाली आएको दाबी गरे । ‘भोलि एमालेको केन्द्रीय कमिटी बैठक छ,’ उनले भने, ‘सो बैठकले जिम्मेवारी हेरफेर गरे उहाँको भूमिका फेरिन सक्ला । तर अहिले इन्चार्ज उहाँ नै हो, सुदूरपश्चिममा इन्चार्जकै भूमिकामा आउनुभएको हो ।’

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा