४८ घण्टाका लागि नेपाल-भारत सीमा शिल गरिने
नेपालबहस संवाददाता
भदौ २८, २०७८ मंगलबार १:२२:४८
२८ भदौ, जनकपुरधाम । भारतको बिहार राज्यमा आसन्न ग्राम पञ्चायत चुनावको सुरक्षालाई लिएर नेपाल र भारतका सीमा शिल हुने भएका छन् । सोमबार दुई देशका सुरक्षा अधिकारीबीचको बैठकमा बैठकमा भारतको बिहार मधुवनी जिल्लाको ग्राम पञ्चायत चुनावको सुरक्षालाई मध्यनजर गर्दै चुनाव अवधिमा ४८ घण्टा सिमाना शिल गर्ने निर्णय भएको छ ।
अगामी २९ सेप्टेम्बर अर्थात् ११ असोजदेखि मधुवनी जिल्लामा चुनावको घोषणा गरिएको छ । ११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धाँधलीरहित बनाउनका लागि नेपालबाट पूर्ण सहयोग हुने विश्वास नेपाली सुरक्षा पक्षबाट गराइएको छ ।
नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागु औषधको निर्यात बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।
बैठकमा अवैध सामान ओसारपसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरू सहमत भएका बताइएको छ । भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्चप्रशंसा गरेका थिए ।
नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा भारतका तर्फबाट बिहारका दरभंगाका डिभिजनल कमिसनर डा. मनीष कुमार, मधुवनी जिल्लाका डीएम अमित कुमार, मधुवनीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबीका प्रमुखसहितका सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
अनलाइन प्रहरी चारित्रिक प्रमाण पत्र दिने सेवा तीन घण्टा अवरुद्ध हुने
चैत १३, २०८० मंगलबार
सहायक निरीक्षकसहित प्रहरीका २३ कर्मचारी सम्पर्कविहीन
चैत १३, २०८० मंगलबार
घोप्टेभिरमा सडक ढलान गरिँदै
चैत १५, २०८० बिहिबार
केजरिवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
रञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार