७ आश्विन २०७८, बिहीबार

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र ओमान भिड्दै

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार ०७:३३


२९ भदौ, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल आज मंगलबार अपराह्न सवा ४ बजे हुनेछ ।

लिग–२ श्रंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो ।

त्यसअघि नेपालले पपुवा न्युगिनी ‘पीएनजी’ विरुद्ध भएको दुई मैत्रीपूर्ण एकदिवसीय शृंखला आफ्नो पक्षमा २र० ले पारेको थियो । ओमान नेपालविरुद्ध सहज जितको खोजीमा छ । ओमान यसअघिका १० खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा