११ आश्विन २०७८, सोमबार

इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने ‘नमस्ते पे’ आज सार्वजनिक हुँदै

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १०:५३


२९ भदौ, काठमाडौं । इन्टरनेटबिना नै पैशा तिर्न मिल्ने ‘नम्स्ते पे’ वालेट आजबाट संचालन हुने भएकाे छ ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा ‘नम्स्ते पे’ संचालनमा आउन लागेको हो ।

सरकारीस्तरबाट संचालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’को चुक्ता पँजी ४० करोड रुपैयाँ रहेको छ । जुन नेपालमका अन्य सेवा प्रदायकभन्दा धेरै हो ।

सरकारीस्तरबाट सञ्चालन हुने पहिलो पेमेन्ट गेटवे ‘नमस्ते पे’ को चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ, जुन नेपालका अन्य भुक्तानी सेवाप्रदायकभन्दा धेरै हो ।

‘नमस्ते पे’ बाट अनलाइन र अफलाइन मोबाइल वालेट सेवा लिन सकिने जानकारी दिँदै टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रयोगकर्ताले मोबाइलबाट आर्थिक कारोबारको नयाँ अनुभव लिनसक्ने बताए ।

सुरुवाती समयमा केही सीमित भुक्तानीका विकल्प उपलब्ध गराएर प्रारम्भिक चरणको व्यवसायकि सञ्चालन गरिने छ । तत्कालका लागि राष्ट्रिय वाणािज्य बैंकमा खाता हुनेहरूले यो सेवा प्रयोग गर्नसक्ने राष्टिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठले बताए ।

प्रयोगकर्ताले मोबाइल एप तथा यूएसएसडी कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।

सुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत तथा पानीको बिल भुक्तानी लगायतका युटिलिटी सेवा उपलब्ध हुनेछन् ।

बाँकी कुन कुन सेवा उपलब्ध हुनेछ भन्ने विषयमा कम्पनीले मंगलबार नै जानकारी दिने जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा