७ आश्विन २०७८, बिहीबार

प्रभु बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, कस्तो पायो रेटिङ ?

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १२:००


२९ भदौ, काठमाडौं । प्रभु बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसको लागि बैंकले रेटिङ सम्पन्न गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘ इक्रा एनपी एलबीबीबी’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई मध्यम कर्जा जोखिम जनाउने रेटिङ दिएको हो ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ५० पैसा रहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा