७ आश्विन २०७८, बिहीबार

पाल्पामा पत्रकारको निःशुल्क दुर्घटना बिमा

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १४:२४


२९ भदौ, रामपुर । नेपाल पत्रकार महासंघ पाल्पाले पत्रकारको निःशुल्क दुर्घटना बिमा गरेको छ । शाखामा आबद्ध सदस्य तथा कर्मचारी गरी १०१ जनाको दुर्घटना तथा उपचार खर्च बिमा गरिएको हो ।

महासंघद्वारा प्रत्येक पत्रकारको रु एक लाख बिमाङ्कको दुर्घटना बिमा र रु १० हजार बराबरको उपचार खर्चसहितको बीमा गरिएको महासंघका अध्यक्ष रेखिराम रानाले बताए । महासंघले सेवा प्रदायक कम्पनी सगरमाथा इन्स्योरेन्स कम्पनीसँग बिमा सम्झौता गरेको छ ।

बीमित व्यक्ति बिरामी भई उपचार गर्दा लागेको खर्चमा अधिकतम् रु १० हजार खर्च कम्पनीले बेहोर्ने छ भने कुनै पत्रकारको दुर्घटनामा परी मृत्यु भएमा रु एक लाख कम्पनीले उपलब्ध गराउने महासंघका कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा