८ आश्विन २०७८, शुक्रबार
बृहत् कार्यक्रता भेला
राजनीति

अब प्रचण्डको च्याखे राजनीति चल्नेवाला छैन : महेश बस्नेत

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १५:२७


२९ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिबाट एक्लो हुँदै गइरहेको बताएका छन् ।

एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले अब प्रचण्डको च्याखे राजनीति नचल्ने दाबी गरे ।

‘अस्ति प्रचण्डले म एक्लो हुँदैछु भन्नुभएछ । माओलाई श्रीमतीले समेत अन्तिममा साथ नदिएको, लेनिनले पनि साथ नपाएको के के भन्नुभएछ,’ उनले भने, ‘उहाँले सही भन्नुभएछ । प्रचण्ड कमरेड नेपालको राजनीतिबाट एक्लै हुँदै हुनुहुन्छ । उहाँको च्याखे राजनीति अब नेपालमा चल्नेवाला छैन,’

बस्नेतले प्रचण्ड जता फाइदा देख्यो त्यतै लाग्ने गरेको आरोप लगाए । ‘०७० को चुनावमा कांग्रेसतिर लाग्नुभयो । वामपन्थी हराउन महत्वपूर्ण भूमिका खेल्नुभयो,’ उनले भने, ‘०७४ को चुनावमा कांग्रेसतिर च्याखे दाउ लागेन भनेर केपी ओलीतिर लाग्नुभयो । एमालेतिर आउनुभयो ।’

बस्नेतले मदन भण्डारीको निधनपछि माधव नेपालले एमालेलाई कमजोर बनाएको आरोप पनि लगाए । ‘माधव नेपाल उकालो चढ्यो । एमाले ओरालो लाग्यो । हात्तीजत्रो एमालेलाई बोकोमात्र बनाए,’ बस्नेतले भने ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता