काभ्रेमा कोरोना संक्रमतिको संख्या घट्दै
नेपालबहस संवाददाता
भदौ २९, २०७८ मंगलबार २१:५९:८
२९ भदौ, काभ्रेपलाञ्चोक । रोशी गाउँपालिकामा कोरोना संक्रमण शून्यमा झरेको छ । शनिबार दुई जना संक्रमणमुक्त भएपछि सो गाउँपालिकामा कोरोना संक्रमण शून्यमा झरेको हो । चौंरीदेउराली, तेमाल र खानीखोला गाउँपालिकामा केही दिनदेखि एक/एक संक्रमित रहेका छन् । शनिबार संक्रमणमुक्त भएको चौंरीदेउरालीमा सोमबार एक संक्रमित थपिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)ले जनाएको छ ।
केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो हप्ता दैनिक रुपमा कोरोना संक्रमण दर घटिरहेको देखिएको छ भने संक्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको छ । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये हाल एक गाउँपालिका संक्रमणमुक्त देखिएको हो । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा १४ जना संक्रमित देखिएका छन् भने १९ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल १८२ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ५१, धुलिखेलमा ३७, पाँचखालमा २५, पनौतीमा ३५, नमोबुद्धमा १५, मण्डनदेउपुरमा तीन तथा भुम्लु तीन, बेथानचोकमा आठ र महाभारत गाउँपालिकामा दुई जना रहेका छन् ।
आइतबार दुई सङ्क्रमित हुँदा ३९ जना संक्रमणमुक्त भएका छन् । शनिबार १७ जनामा संक्रमण देखियो थियो भने १९ जना संक्रमणमुक्त भएको केन्द्रले जनाएको छ । यस्तै, जिल्लामा शुक्रबार ११ सङ्क्रमित थपिँदा ३५ जना संक्रमणमुक्त भएका थिए । यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले संक्रमणदर भन्दा संक्रमणमुक्त हुने दर अधिक रहेको देखाएको हो ।
काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार ४१९ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९७ दशमलब ४० प्रतिशत अर्थात् १४ हजार ४५ संक्रमणमुक्त भइसकेका छन् । भदौ महिनामा नगन्य मात्रामा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा आउँदो असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ । कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार