बेलचौतारा सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु
नेपालबहस संवाददाता
भदौ २९, २०७८ मंगलबार २२:४८:६
विनोद ढुंगाना
२९ भदौ, तनहुँ । तनहुँको बेलचौतारामा निर्माण गरिएको सोलार आयोजनाले विद्युत उत्पादन थालेको छ । सोलार फार्म प्रालिले निर्माण गरेको आयोजनाले मंगलबारदेखि उत्पादन थालेको हो । योसँगै राष्ट्रिय प्रसारण लाइनमा पाँच मेगावट विद्युत थपिएको छ । आयोजनास्थलबाट पाँच सय मिटरको दूरीमा रहेको बेलचौतारा सवस्टेसनमा यहाँ उत्पादित विद्युत जोडिएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार सोलार आयोजनाबाट विद्युत उत्पादनको शुभारम्भ गरिन् । उनले राज्यले मिश्रित ऊर्जाको नीति अपनाएको बताइन् । ‘हामीले उत्पादन गरेको जलविद्युतमा १० प्रतिशत सोलार शक्ति मिश्रण गराउने गरेका छौँ’, उनले भनिन् । सरकारले जलशाययुक्त जलविद्युत आयोजनालाई प्राथमिकता दिएको उनको दाबी थियो ।
सोलार फार्म निजी क्षेत्रबाट नेपाल विद्युत प्राधिकरणसँग विद्युत बिक्री सम्झौता गर्ने पहिलो कम्पनी हो । नेपाल विद्युत प्राधिकरणसँग २०१९ जुलाईमा विद्युत उत्पादन गर्ने सर्तसहित पिपिए सम्झौता भएको थियो । कोरोना कहरले आयोजना निर्माणमा ढिलाइ भएको अध्यक्ष मोहन गुरुङले बताए ।
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा भानुभक्त बहुमुखी क्याम्पसको एक सय रोपनी जग्गा भाडामा लिएर सोलार आयोजना निर्माण गरिएको हो । दुई वर्षको २७ लाख रुपैयाँ क्याम्पसले जग्गा भाडा बुझ्नेछ । २५ वर्षसम्मका लागि जग्गा कम्पनीले लिने सम्झौता छ । उक्त सम्झौता सकिएपछि पनि फेरि पाँच वर्ष उपभोग गर्न पाउने उल्लेख छ ।
१३ हजार पाँच सय सोलार प्यानल जडान गरी विद्युत उत्पादन थालेको आयोजनाका निर्देशक शंकरजंग गुरुङले जानकारी दिए । उनका अनुसार ४३ करोड रुपैयाँ लगानी गरिएको छ । ‘कोरोनाले निर्माणमा ढिलाइ हुँदा एक करोड रुपैयाँ लागत बढ्यो । सुरुमा ४२ करोड रुपैयाँ लागत अनुमान गरेका थियौँ’, उनले भने । कुमारी बैंक, डोल्मा इमप्याक्ट फन्ड, नेपाल कर्पोरेटिभ इन्भेस्टमेन्ट समुहसँगै एनआरएनए र स्थानीयवासीले समेत लगानी गरेका छन् । सोलार फार्मले स्थानीयका लागि आईपिओ ९प्राथमिक सेयर० जारी गर्ने भएको छ ।
आयोजनाबाट वार्षिक ८७ लाख युनिट विद्युत उत्पादन हुने जनाइएको छ । पिपिए सम्झौताअनुसार यहाँ उत्पादित पाँच मेगावटसम्म विद्युत प्रति युनिट ७.३० रुपैयाँमा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । पाँच मेगावट बढी भएमा प्रतियुनिट ३.६५ रुपैयाँका दरले आयोजनाले प्राधिकरणलाई बिक्री गर्नुपर्ने सम्झौता गरिएको छ । ६ वर्षमा लगानी सुरक्षित हुने कम्पनीको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य
बैशाख ५, २०८१ बुधबार
उद्घाटनमा तामझाम, आधा वर्ष वित्यो आएन पानी
चैत ३०, २०८० शुक्रबार
ब्रेक थ्रु भयो मंगले राहुघाटको १९०० मिटर लामो सुरुङ, लागत १४ अर्ब
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार