११ आश्विन २०७८, सोमबार

सिटी एक्सप्रेस र टेरा पेमेन्टबीच कारोबार सुरु

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १८:४४


२९ भदौ, काठमाडौं । युरोपको ख्यातिप्राप्त टेरा पेमेन्ट सर्भिस र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

युरोपका विभिन्न शहरमा रहेका नेपालीहरुले टेरा पेमेन्ट (Terra Payment Services) को सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने सिटी एक्सप्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ । नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेरा पेमेन्टका तर्फबाट सहसंस्थापक Ani Sane ले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








अरुण भ्यालीको मूल्य समायोजन
नेपालबहस संवाददाता