७ आश्विन २०७८, बिहीबार
लुम्बिनी प्रदेश

सूचना टाँसेर लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १९:१८


२९ भदौ, रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।

अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा