७ आश्विन २०७८, बिहीबार
प्रदेश २

प्रदेश २ प्रहरीलाई ४८ लाखकाे रोड डिभाइडर प्रदान

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार १९:५६


२९ भदौ, जनकपुरधाम । प्रदेश २ सरकारले ट्राफिक व्यवस्थापन सुदृढ बनाउनका लागि ४८ लाख मूल्य बराबरको सडक डिभाइडर प्रहरीलाई प्रदान गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आर्थिक वर्षमै खरिद गरेका रोड डिभाइडर मंगलबार एक कार्यक्रमबीच प्रदेश प्रहरीलाई हस्तान्तरण गरेको हो ।

सडक दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीलाई उक्त सामग्री प्रदान गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसोज यादवले बताए । उनले प्रदेश २ प्रहरी प्रमुख उमेश रञ्जितकारलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

ठूलो डिभाइडर २ सय ३५ थान, सानो डिभाइडर २ सय ४ थान र ब्यारियर टेप ‘डोरी’ ३९ थान हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । डिभाइडरले सडक सुरक्षा गर्नुका साथै सडक दुर्घटना हुनबाट जोगाउन मद्दत पुग्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा