८ आश्विन २०७८, शुक्रबार

माओवादी केन्द्रको पार्टी विधान पारित

प्रकाशित मिति :  २९ भाद्र २०७८, मंगलवार २०:४४


२९ भदौ, काठमाडाैं ।  नेकपा ‘माओवादी केन्द्र’ले पार्टी विधान पारित गरेको छ । आज बसेको स्थायी समिति बैठकले विभिन्न नेताले दिएका सुझावअनुसार पार्टी विधान पारित गरिएको केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । विधानलाई केन्द्रीय समितिमा लगेर अनुमोदन गरिनेछ ।

पार्टीले विष्णुप्रसाद श्रेष्ठको संयोजकत्वमा २२ जना सदस्य रहेको निर्वाचन आयोग गठन गरेको छ । आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउनसमेत म्यान्डेट दिएको उनले बताए । पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन कसरी गर्ने भन्ने विषयमा नियमावली र निर्देशिका बनाउन निर्देशन दिइएको हो ।

नेता महराले अन्य पार्टीसँगको एकताका लागि गठन गरेको कार्यदललाई एक-दुई दिनभित्रमा प्रतिवेदन बुझाउनसमेत निर्देशन दिएको बताए । ‘कार्यदलले प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ । फेरि उक्त प्रतिवेदनलाई अन्तिम रूप दिई एक-दुई दिनभित्रमा बुझाउन जिम्मेवारी दिइएको छ’, उनले भने ।

पार्टीले ४५ वटा पार्टीबाट विद्रोह गरेर पार्टीको सम्पर्कमा आएकालाई कसरी कुन तहमा समायोजन गर्ने भन्नका लागि कार्यदल गठन गरेको थियो ।पार्टी प्रवक्ता महराले पार्टीको प्रदेश समितिका पदाधिकारीका थपघट सम्बन्धमा बैठकमा छलफल भए पनि निर्णय नगरिएको स्पष्ट पारे ।

मन्त्रिपरिषद् विस्तार छिटोभन्दा छिटो गर्ने भन्ने पार्टीको धारणा रहेको भन्दै उनले आज मन्त्रिपरिषद् विस्तारका बारेमा कुनै छलफल नभएको बताए । उनले संसद संचालन गर्नका लागि सबै दलबीच सहमति खोज्नुपर्ने बताए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता