तीब्र गतिका बलर मालिंगाले लिए क्रिकेटबाट संन्यास
नेपालबहस संवाददाता
भदौ २९, २०७८ बुधबार २:३३:५७
२९ भदौ, काठमाडौं । श्रीलंकाका तीब्र गतिका बलर लासिथ मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका छन् । मंगलबार ३८ वर्षीय मालिंगाले सबै खाले क्रिकेट खेलबाट संन्यास लिएका हुन् ।
यसअघि मालिंगाले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिए पनि क्लबस्तरीय प्रतियोगिताबाट भने खेलिरहेका थिए । मालिंगाले श्रीलंकाको टेस्ट, ओडीआई र टी(२० सबै खाले क्रिकेट प्रतियोगिमा सहभागिता जनाएका थिए ।
मालिंगाले सन् २००४ मा टेस्ट क्रिकेटमा अस्ट्रेलियासँग खेल्दै डेब्यु गरेका थिए । यस्तै, अन्तिम टेस्टका रूपमा सन् २०१० मा भारतविरुद्ध खेलेका थिए ।
ओडीआईमा भने यूएईविरुद्ध सन् २००४ मा खेल्दै डेब्यु गरेका थिए भने अन्तिम खेल सन् २०१९ मा बंगलादेशविरुद्ध खेलेका थिए । यता, टी-२० खेलको डेब्यु सन् २००६ मा इंग्ल्याण्डविरुद्ध गरेका थिए भने अन्तिम खेल सन् २०२० मा वेष्ट इण्डिजविरुद्ध खेलेका थिए ।
मालिंगाले श्रीलंकाको राष्ट्रिय टोलीसँगै क्बलस्तरीय खेल भने आईपीएलमा मुम्बई इण्डियन्सलगायत एक दर्जनभन्दा बढी देशका घरेलु लिग खेलेका छन् ।
मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी(२० विश्वकप जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ एक दिवसीय र ८४ टी(२० अन्तर्राष्ट्रिय खेलेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
नेपाल 'ए' र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रुद्ध
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार
बनेपा हाट बजार अवलोकन गर्दै प्रजिअ शर्मा
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार