७ आश्विन २०७८, बिहीबार
आचारसंहिताको पूर्ण पाठ

आफैँले तयार पारेको यो आचारसंहिताले डा. बाबुराम भट्टराईलाई खोजिरहेको छ

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार ०६:१०


३० भदाै, काठमाडाैं । आफैँले तयार पारेको यो आचारसंहिताले डा. बाबुराम भट्टराईलाई खोजिरहेको छ । ‘नयाँशक्ति’ पार्टीको ३० बुँदे आचार संहिताको पूर्ण पाठ ।

१. नेपालमाभएका ऐतिहासिक राजनीतिकउपलव्धीहरुको म हृदयदेखि नै सम्मानगर्दछु ।
२. यसकालागिमहानशहीदहरुको योगदानको स्मरण गर्दै उहाँहरुको जीवनउत्सर्गको मूल्य र मान्यताबाट सदैव प्रेरित भइरहने छु । म शहीदको सपना पूरा गर्न प्रतिवद्ध छु ।
३. म हरेक मान्छेको सार्वभौमिक स्वतन्त्रतालाई सम्मानगर्दछु । म मानवअधिकारको विश्वव्यापीमान्यताबाट निर्देशितभई नयाँशक्तिको राजनीतिकअभियानमा संलग्नहुनेछु ।
४. म राजनीतिलाई अस्वस्थविरोध, गालीगलौज र ध्वंसबाट नभई सकारात्मकपहल, आपसी सम्मान र प्रतिस्पर्धाबाट सु–सज्जित गर्न चाहन्छु । मेरो राजनीतिक संलग्नताउच्च नैतिकआचरण र राजनीतिक निष्ठाबाट परिलक्षितहुनेछ ।
५. म सामाजिकन्याय, सकारात्मकविभेद र समानुपातिक समावेशी सिद्धान्तमा बिश्वास गर्दै अगाडि बढ्न तयार छु ।
६. म शान्तिपूर्ण अभियान, सुशासन, पारदर्शिता, जवाफदेहिता र विधिको शासनप्रति प्रतिवद्ध छु ।
७. म नेपाली समाजको विविधताहरु हाम्राअमूल्यनिधि र सम्पन्नताकाआधार हुन्भन्ने कुरालाई स्वीकार गर्दै विविधतामाएकता, सामाजिक सद्भाव र भाईचारा बृद्धिकालागि क्रियाशीलहुनेछु ।
८. म सबै भाषा, धर्म, सम्प्रदाय र संस्कृतिको सम्मानगर्दछु । फरक जाति, धर्म, लिङ्ग, वर्ण, विचार, संस्कृति र रंगकाआधारमा म कसैप्रति भेदभाव गर्नेछैन ।
९. म सदैव सकारात्मक सोचबाट काम गर्नेछु । म हमेशा समयको पालना गर्नेछु ।
१०. म आफ्नो जीवनशैली सरल, शिष्टतापूर्ण र विनयशीलबनाउनेछु । म व्यक्तिगतजीवन, राजनीतिकअभियानतथा संगठनका गतिविधिहरु धेरै खर्चिला र तडकभडकपूर्ण बनाउनेछैन ।
११. म परिवर्तनको सुरुवातआफैंबाट गर्न चाहन्छु । म नयाँभए अरु नयाँ हुन्छन् र नयाँशक्ति बन्छ भन्ने कुरामा म विश्वस्त छु ।
१२. म श्रमको सम्मानगर्दछु । विनाश्रमको कमाई खानु हुँदैन भन्ने मान्यता राख्दछु । आफू कुनै न कुनै श्रममानियमित सहभागीहुनेछु ।
१३. मेरो लागि राजनीति पेशानभई सेवाहुनेछ । म जीविकोपार्जनको लागि छुट्टै पेशा, व्यवसायवाआयआर्जनको व्यवस्था गर्नेछु । म व्यक्तिगत स्वार्थ बाझिने गतिविधि गर्नेछैन ।
१४. म सबैका आर्थिक, सामाजिकतथा राजनीतिकअधिकारहरुको सम्मान र दण्डहीनताको अन्त्यकालागि प्रतिवद्ध र सक्रिय रहनेछु ।
१५. म महिला हिंसा, बालश्रमशोषण, जातीय छुवाछुत, आर्थिक शोषण, बालविवाह, दाईजो, वहुविवाह, भ्रष्टाचार, स्थानीय स्रोत साधनको दुरुपयोग, करछली, सरकारी सम्पत्तिको अपचलनकहिल्यै गर्नेछैन । यस्ताबिषयमाशून्यसहनशीलताअपनाउनेछु ।
१६. म जे बोल्छु त्यसलाई पूरा गर्न क्रियाशीलहुनेछु ।
१७. म जबर्जस्तीचन्दा संकलन गर्नेछैन । आममानिसको सद्भावस्वरुपप्राप्त स्रोतसाधनलाई व्यक्तिगतप्रयोजनमाखर्च गर्नेछैन ।
१८. म आफ्ना सम्पूर्ण आर्थिक, राजनीतिकतथा सामाजिकगतिविधिहरु जनमुखी, पारदर्शी र उत्तरदायीबनाउनेछु ।
२०. म सामूहिक नेतृत्व र व्यक्तिगतजिम्मेवारीबाट निर्देशितहुनेछु । कहिल्यै पनि गुटगत गतिविधिमालाग्नेछैन । पार्टी निर्णयहरु पूरा गर्न प्रतिवद्ध हुनेछु । आफ्नाविचारहरु निर्धक्कसाथ राख्नेछु ।
२१. म पराजयमाआत्तिने र विजयमाउत्ताउलो हुनेछैन । सबै अवस्थामाजनतासँगएकाकार हुनेछु ।
२२. म आफ्नो जीवनलाई जनताको निरन्तर निगरानीमा राख्नतयार छु । म सुन्न, सिक्न र नयाँविचारहरु प्रयोग गर्न सदैव जागरुकहुनेछु ।
२३. म पर्यावरणमा प्रतिकूल असर पर्ने कुनै पनिनीतिगततथाव्यवहारिक गतिविधि गर्नेछैन ।
२४. म हाम्रो आफ्नै स्रोत र उर्जावानश्रमशक्तिमार्फत राष्ट्रिय समृद्धि सम्भव छ भन्ने कुरामाविश्वास गर्दछु । यसमा म गौरव गर्छु र क्रियाशीलहुनेछु ।
२५. म आफ्नो राष्ट्रिय गौरव, स्वाभिमान, एकता र पहिचानलाई सदैव उँचो बनाउनेछु । म छिमेकीमुलुकहरुप्रतिपञ्चशीलकाआधारमा सर्वस्वीकार्य मूल्य, मान्यता र सिद्धान्तसहित मित्रवत रहनेछु ।
२६. म अन्तरपार्टी लोकतन्त्र, पार्टीभित्र सदस्यको सर्वोच्चता र स्वतन्त्रतालाई कहिल्यै अवमूल्यन गर्नेछैन ।
२७. म नयाँशक्ति, नेपालमार्फत स्वाधीन, समावेशी, सदाचारपूर्ण, समृद्ध र सुशासित नेपालबनाउन सदैव प्रतिवद्ध छु ।
२८. म फरक विचार सुन्न तयार रहनेछु । आफ्नाविचारहरु शिष्टतापूर्वक राख्नेछु ।
२९. म आफू बदलिन, सिक्न र अगाडि बढ्न तयार रहनेछु ।
३०. म समूहमा संलग्नहुन, सामूहिकभावनाको सम्मान गर्न र नयाँशक्तिनिर्माण अभियानमा सामूहिकलक्ष्यकालागिक्रियाशीलहुन प्रतिवद्ध रहनेछु ।

आचार संहिता प्रकाशित मिति : आइतबार, माघ २४, २०७२


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा