११ आश्विन २०७८, सोमबार

एकीकृत समाजवादीले बाेलायाे केन्द्रीय कमिटीको बैठक

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार ०८:२२


३० भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘एकीकृत–समाजवादी’ को केन्द्रीय कमिटीले आगामी असोज ५ गते बैठक बाेलाएकाे छ ।

काठमाडौंमा पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।

बैठक आज बस्नका लागि तयारी गरिएको भए पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको स्राेतले जनाएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’ बाट वैचारिक असहमति प्रकट गर्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको छ ।

पार्टीका अध्यक्ष नेपालको संयोजकत्वमा हालै स्थायी कमिटिका साथै सचिवालय, प्रदेश इञ्चार्ज तथा केही विभाग गठन गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा