८ आश्विन २०७८, शुक्रबार

केन्द्रीय बैंकले गर्यो विकास बैंक र फाइनान्स कम्पनीलाई क्रडिट कार्ड जारी गर्न पाउने व्यवस्था

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार १०:५५


३० भदौ, काठमाडौं । केन्द्रीय बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई पनि क्रडिट कार्ड जारी गर्न पाउने व्यवस्था गरेको । केन्द्रीय बैंकले एकिकृत निर्देशन जारी गर्दै विकास बैंक र फाइनान्स कम्पनीलाई डेविट, क्रेडिट र प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले पुरानो व्यवस्थालाई संशोधन गर्दै विकास बैंक र फाइनान्स कम्पनीलाई पनि थप गरेको हो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी बाहेकका अन्य वित्तीय संस्थाले क्रेडिट कार्ड बाहेकका विद्युतीय भुक्तानी कार्ड मात्र जारी गर्न सक्नछन् ।

फाइनान्स कम्पनी बाहेकका भुक्तानी सेवा प्रदायक संस्थाले स्वदेशभित्र सञ्चालन हुने गरी स्वदेशी मुद्रामा प्रिपेड कार्ड मात्र जारी गर्न सक्नेछन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा