हावाहुरीसहित परेको पानीले गोलभेँडा खेतीमा क्षति
नेपालबहस संवाददाता
भदौ ३०, २०७८ बुधबार १६:४५:९
३० भदौ, दाङ । हावाहुरीसहित मङ्गलबार दिउँसो परेको पानीले तुलसीपुर उपमहानगरपालिका–३ भट्टे कृषि सहकारी संस्थाको गोलभेँडा खेतीमा क्षति गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञान केन्द्रको रु २५ लाख र संस्थाको रु २५ लाख गरी कूल रु ५० लाखको लागतमा गरिएको गोलभेँडा खेती हावाहुरीसहितको पानीले नष्ट गरेको संस्थाका अध्यक्ष कर्णबहादुर वलीले जानकारी दिए । तरकारी खेतीका लागि पटेक क्षेत्रमा चिनिने भट्टेगाउँको दुई बिघा बढी जमिनमा टनेलमा गोलभेँडा खेती गरिएको थियो ।
हावाहुरीले १४० टनेलमा गरिएको गोलभेँडा खेतीलाई पूर्णरूपमा क्षति पुर्याएको संस्थाका अध्यक्ष वलीले जानकारी दिए । पाक्न लागेका गोलभेँडा दशैँअगावै बिक्रीका लागि किसानले तयारी गरिरहेका थिए । एक्कासी हावाहुरी तथा पानी नष्ट गरेपछि किसान चिन्तित छन् । सहकारीमा आवद्ध भएर सो गाउँका १०० बढी किसानले तरकारी खेती, बाख्रापालन, भैँसीपालन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार