७ आश्विन २०७८, बिहीबार

नेपाली बजारमा सुनको मूल्य आज बढ्याे, चाँदी भने स्थिर

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार १२:०७


३० भदौ, काठमाडौं । साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ सय रुपैयाँले वृद्धि भएर ९१ हजार दुई सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार एक सय ९० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ ।

महासंघले बुधबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २ सय रुपैयाँ नै तोकेको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २९ रुपैयाँ तोकिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा