७ आश्विन २०७८, बिहीबार

इटहरीबाट लागुऔषधसहित दुई जना पक्राउ

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार १२:१२


३० भदौ, सुनसरी । सुनसरीको इटहरीबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इटहरी ४ मिलन चौकबाट चेकजाँच गर्ने क्रममा दुई जनालाई १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भाप गौरीगंज गाउँपालिका २ बस्ने २७ वर्षीय आइतबारी हस्दा र भारतको विहार राज्य बस्दै आएका २२ वर्षीय सुरज शाह रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई २७ गते पक्राउ गरे पनि आज सार्वजनिक गरिएको हो । दुई जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा