८ आश्विन २०७८, शुक्रबार

मेगा बैंकले ५९ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार १२:३१


३० भदौ, काठमाडौं । मेगा बैंक नेपालले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ५९ हजार ६० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।

कम्पनीको संस्थापक शेयरधनीले उक्त शेयर विक्री गर्नका लागि निवेदन दिएसँगै इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय राइजिङ मल कमलादीमा निवेदन दिन अनुरोध गरेको छ ।

उक्त समय अवधिमा संस्थापक शेयर खरीद गर्न कुनै पनि आवेदन नपरेमा प्रचलित नियमअनुसार विक्री प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा