११ कार्तिक २०७८, बिहीबार
गृह मन्त्रालय
राजनीति

मन्त्रालयले गर्यो १६ जना सीडीओको काज सरुवा, को-कहाँ ?

प्रकाशित मिति :  ३० भाद्र २०७८, बुधबार १८:४७


३० भदौ, काठमाडौं । गृह मन्त्रालयले बुधबार १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गृहमन्त्री बालकृष्ण खाँणले हुन् ।

हिजो ‘मंगलबार’ ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको सरुवा गरेको हो । गृह मन्त्रालयले आज ती १६ सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउँदै काज सरुवा गरेको हो ।

गृह मन्त्रालयका घनश्याम उपाध्यायलाई गृह मन्त्रालयबाट ललितपुरका प्रजिअ, रुद्रादेवी शर्मालाई गुल्मी प्रजिअबाट भक्तपुर प्रजिअमा, पुण्यविक्रम पौडेललाई गृह मन्त्रालयबाट गुल्मी जिल्लाको प्रजिअ, शंकरहरि आचार्यलाई गृह मन्त्रालयबाट गोरखाको प्रजिअमा, काशीराज दाहाललाई गृह मन्त्रालयबाट मोरङको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै, कोषहरि निरौलालाई मोरङ प्रजिअबाट गृह मन्त्रालयमा, दीपककुमार पहाडीलाई गृह मन्त्रालयबाट रामेछाप प्रजिअमा, नुरहरि खतिवडालाई गृहबाट संखुवासभा प्रजिअमा, टेकनारायण पौडेललाई संखुवासभा प्रजिअबाट गृहमा सरुवा गरिएको छ ।

यसै गरी टेकराज निरौलालाई गृहबाट दोलखा प्रजिअमा, वासुदेव घिमिरेलाई दोलखा प्रजिअबाट गृहमा, ढुण्डप्रसाद निरौलालाई ललितपुर प्रजिअबाट गृह मन्त्रालय, आस्मान तामाङलाई रूपन्देही प्रजिअबाट चितवन प्रजिअ‍ेमा, कृष्णप्रसाद लम्साललाई गृहबाट धादिङ प्रजिअमा, वीरेन्द्रकुमार यादवलाई गृहबाट उदयपुर प्रजिअमा र ऋषिराम तिवारीलाई गृहबाट रूपन्देही प्रजिअमा सरुवा गरिएको छ ।

काज सरुवा प्रमुख जिल्ला अधिकारीहरू काे-कहाँ हेर्नुस सूचीसहित ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा