११ कार्तिक २०७८, बिहीबार
वाणिज्य बैंक

२६ वाणिज्य बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनमा कति ?

प्रकाशित मिति :  ३१ भाद्र २०७८, बिहीबार ११:४७


३१ भदौ, काठमाडौं । २६ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी २६ बैंकले असोज १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । बाणिज्य बैंकहरुले सार्वजनिक गरेको निक्षेपको ब्याजदर अनुसार, तीनबाहेक सबै बैंकले ब्याजदर बढाएका छन्।

अधिकांस वाणिज्य बैंकहरुले निक्षेप र मद्दतीको ब्याजदर बढाएका छन् भने प्रभु, कृषि विकास बैंक र नेपाल बैंकले भने ब्याजदर यथावत राखेका छन्।

असोज १ गतेदेखि लागूहुनेगरी सार्वजनिक गरेका वाणिज्य बैंकहरु मध्येमा सनराइज बैंकले सर्वाधिक निक्षेपको ब्याज दर बढाएको छ। बैंकले बचतमा अधिकतम ५.०७ प्रतिशत ब्यादर कायम गरेको छ। त्यस्तै, बैकले मुद्दति निक्षेपको ब्याजदर ७.५७ प्रतिशतबाट बढाएर १०.०५ प्रतिशत पुर्याएको हो।

साथै प्राइम बैकले पनि ब्याजदर बढाएको छ। बैंकले भदौमा बचतमा २.७६ देखि ४.५ प्रतिशतसम्म ब्याज दिइरहेको थियो। मुदतिमा साढे ७ प्रतिशतसम्म दिइरहेको थियो। असोजबाट बचतमा ४.७६ प्रतिशत ब्याज दिने भएको छ। मुद्दतिको ब्याज ९.७६ प्रतिशतसम्म युर्याएको छ।

नबिल बैंकले पनि मद्दतीको ब्याजदर ९.२६ प्रतिशत पुर्‍याएको छ। बैंकले बचतको ब्याज बढाएर ४।२६ देखि ६।२६ प्रतिशत पुर्‍याएको छ। एनसीसीको मुद्दतिको अधिकतम ब्याज ९.२६ प्रतिशत युर्याएको छ। बैंकले बचतको ब्याज ४।२६ देखि ५ प्रतिशत पुर्याएको छ।

एनएमबि बैंकले मुद्दतिको ब्याजदर बढाएको छ । बैंकले बचतको ब्याज ४.५२ देखि ६.५२ प्रतिशत पुर्याएको छ।अधिकतम ब्याज ९.५२ प्रतिशत पुर्‍याएको छ।

यसपछि सानिमा बैंकले निक्षेपको ब्याज बढाएको छ। मुद्दतिको ब्याज ९.५१ प्रतिशत छ। ग्लोबल आइएमइको मुद्दतिको अधिकतम ब्याज ९.५ प्रतिशत छ। बैंकले बचतको ४.५ प्रतिशत पुर्‍‍याएको छ।

साथै, लक्ष्मी, नेपाल इन्भेष्टमेन्ट, सिद्धार्थ, हिमालयन र सेञ्चुरी बैंकले मुद्दतीमा ९ प्रतिशतभन्दा माथि ब्याज कायम गरेका छन्।

हेरौं कुन बैंंकले कति दिदैछन् बचत र मद्दतिमा ब्याज ?

 

 

 


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा