क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा संक्रामक रोगको जोखिम
नेपालबहस संवाददाता
भदौ ३१, २०७८ बिहिबार १९:९:५८
३१ भदौ, बैतडी । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा संक्रामक रोगको जोखिम बढेको छ । पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिए ।
तेब्बर कैदीबन्दी हुँदा यहाँ सरुवा रोगको पनि जोखिम बढेको छ । भौतिक दूरी कायम हुने त कुरै छैन्, कोरोनाको पनि जोखिम छ उनले भने, “कारागारभित्र ठाउँ नभएर टेण्ट हालेर राखेका छौंँ, व्यवस्थापनमा निकै चुनौती छ ।”
“कारागार भित्रैको कम्पाउण्डमा दुई टेण्ट हालेका छौंँ, त्यसभित्र आठ शैया लगाएर १३ जनालाई त्यहाँ बसोबासको व्यवस्था गरेका छौंँ ।” प्रमुख तिवारीले बताए, “व्यवस्थापनमा चुनौती थपिएको छ, ठाउँ अभावमा एउटै शैयामा तीन कैदीबन्दी सुत्ने गरेका छन्,।”
कैदीबन्दीलाई शौचालय प्रयोग र सरसफाइका लागि समेत समस्या हुँदै आएको छ । उनीहरूमा कोरोना संक्रमणको जोखिम बढेकाले बाह्य भेटघाट पनि बन्द गरिएको छ । “सबैले खोप लगाए पनि जोखिम बढ्ने भएकोले बाहिरी भेटघाट बन्द गरेका हौँ ।” प्रमुख तिवारीले भने, “विषेश परिस्थिति तथा मुद्दासँग सम्बन्धित भेटघाट भए, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र कोरोना खोप लगाएको कार्ड हेर्ने गरेका छौं । ”
जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले पनि कारागारमा सङ्क्रमक तथा सरुवा रोगको जोखिम रहेको बताए । उनले भने,“थोरै मान्छे बस्नुपर्ने ठाउँमा बढी मान्छे लामो समयसम्म बस्दा जोखिम निकै हुन्छ ।” यस्तो ठाउँमा क्षयरोग तथा श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छ ।
पुरानो र जीर्ण भवन पुनःनिर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ । विसं २०४०मा निर्माण गरिएको कारागार पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो ।
नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागमा लागत अनुमानसहितको योजना पठाइए पनि कहिले बन्ने भन्ने टुङ्गो छैन । प्रमुख तिवारीले भने,“ नयाँ भवन बन्ने कुराको टुङ्गो लागेको छैन्, रू चार करोडभन्दा बढीको लागत इस्टमेट गरेर पठाइएको थियो ।”कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार